Connect with us
Kapilvast Forest

ट्राफिक प्रहरीले दुःख दिएको भन्दै सडकमा तरकारी फालेर प्रदर्शन

२०७९, २१ माघ शनिबारमा प्रकाशित

सर्लाही- पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको लालबन्दीमा शनिबार बिहान व्यापारीले सडकमा तरकारी फालेर चक्काजाम गरेका छन्। लालबन्दीबाट काठमाडौं तरकारी लानेक्रममा शुक्रबार राति बागमतीमा ट्राफिक प्रहरीले बसको छतमा राखिएको तरकारी फालिदिएको भन्दै असन्तुष्ट बनेका व्यापारीले शनिबार लालबन्दीस्थित थोक तरकारी बजार अगाडि तरकारी फालेर प्रदर्शन गरेका हुन्।

तरकारी ढुवानी गर्दा ट्राफिक प्रहरीले अनावश्यक दुःख दिएको र तरकारी लाँदा पैसा माग्ने गरेको व्यापारीको आरोप छ।उनीहरुले सडकमा सिमी, गोलभेडा र भान्टा फालेर चक्काजाम गरेका हुन्। व्यापारीको प्रदर्शनले करिब एक घण्टा पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन ठप्प भएको थियो। सो विषयमा व्यापारी प्रहरी बजार समिति जनप्रतिनिधिलगायत भएर छलफल गर्ने सहमतिपछि सडक खुलेको छ।

लालबन्दी बजारमा जिल्लाभरका किसान र छिमेकी जिल्ला महोत्तरीका किसानले तरकारी ल्याएर बिक्री गर्ने गरेका छन्। किसानले यहाँ ल्याएर बेचेको तरकारी व्यापारीले कालिमाटीसहित देशका प्रमुख बजारमा लगेर बिक्री गर्ने गर्छन्।

तरकारी ढुवानी गर्ने क्रममा ट्राफिक प्रहरीले महिनावारी पैसा असुलेर हैरान पार्ने गरेको र भनेजति पैसा नदिए गाडीबाट तरकारी फालिदिने गरेको व्यापारीको आरोप छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख एवं ट्राफिक प्रहरी निरीक्षक ईश्वर कार्कीले भने बसको छतमा राखेर तरकारी ढुवानी गर्न नपाइने बताउनुभएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu