Connect with us
Kapilvast Forest

बिरामीलाई भरोसा दिलाउन सक्नेगरी उपचार गर्नुपर्छः प्रदेश स्वास्थ्यमन्त्री पन्थी

२०७९, १६ फाल्गुन मंगलवारमा प्रकाशित

लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले अस्पतालहरुले बिरामीलाई भरोसा दिलाउन सक्नेगरी उपचार गर्नुपर्ने बताउनुभएको छ ।

बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औँ वार्षिक उत्सवको मूल समारोहमा बोल्दै स्वास्थ्यमन्त्री पन्थीले प्रदेशको सबैभन्दा महत्वपूर्ण अस्पताललाई विशिष्टकृत अस्पताल बनाउनुपर्ने बताउनुभयो ।

गुरुयोजना अनुसार नै अस्पतालको स्तरोन्नती हुने जानकारी दिँदै १० तले आधुनिक भवन निर्माणको लागि रोकिएको ठेक्का प्रक्रिया सुरुवात गर्ने समेत आश्वासन दिनुभयो ।

आर्थिक राजधानीको लागि अस्पताल कोसेढुङ्गा भएको भन्दै विपतमा तुरुन्त उपचार पाइन्छ, बाँच्न सकिन्छ भन्ने भरोसा दिलाउन सक्नेगरी अस्पताल विकास हुनुपर्ने धारणा राख्नुभयो ।

पूर्व स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले अप्ठ्यारो अवस्थामा अस्पतालले स्वास्थ्य संकटमा ठूलो योगदान दिएको बताउनुभयो ।

बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले कोभिडमा अस्पतालले दिएको सुविधा राम्रो रहेको भन्दै एमडी कार्यक्रम सञ्चालन गर्ने कार्यक्रममा सहयोग रहने बताउनुभयो ।

कार्यक्रममा अस्पतालमा निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. ज्ञानहरी मरासिनीले विरामीको चाँपअनुसार अस्पतालको भौतिक पूर्वाधार अभाव रहेको बताउनुभयो ।

कार्यक्रममा पूर्व अध्यक्षहरुबाट बाबुराम भट्टराई, नेकपा माओवादी केन्द्रका रुपन्देही इन्चार्ज निर्मल जिसी, पूर्व मेडिकल सुपरिटेन्टेन्ट डा. राजेन्द्र खनाल, पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव बिक्रम खड्कालगायतले अस्पतातमा राजनीति गर्न नहुने बताउनुभयो ।

सो कार्यक्रममा सेवा निवृत्त कर्मचारी विश्वनाथ गौतम, कृष्णप्रसाद सापकोटा, युगकुमारी खनाललगायतलाई सम्मान गरिएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu