सरकारले बीआरआई परियोजना तीव्रता साथ अघि बढाउनुपर्छ : प्रदीप ज्ञवाली
काठमाडौं- नेकपा एमालेका उपमहासचिव एवम् पूर्वपरराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ बीआरआई परियोजनाको कामलाई तीव्र गतिका साथ अघि बढाउन सरकारलाई आग्रह गर्नुभयो । भूराजनीतिक इस्यूहरुका कारण सो परियोजनाको काम अघि बढाउने कुरामा समस्या देखिएको उल्लेख गर्दै उनले अब सरकारले त्यसलाई छिटो भन्दाछिटो अघि बढाउनुपर्ने जानकरी दिनुभयोे ।