नेपालगञ्जमा युवा संघको राष्ट्रिय महाधिवेसन
नेपालगन्ज – नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको नवौं राष्ट्रिय महाधिवेशन नेपालगन्जमा आज उद्घाटन हुँदैछ ।
एमालेका अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने सो महाधिवेसन २७–२९ गतेसम्म जारी रहनेछ ।
महाधिवेसनको उद्घाटन कार्यक्रममा १० हजार भन्दा बढीको जनसहभागिता रहने संघका केन्द्रीय उपाध्यक्ष एवम् लुम्बिनी प्रदेश इन्चार्ज सुमन पुरीले जानकारी दिनुभयाे ।
उहाँका अनुसार महाधिवेसनमा २ हजार बढी प्रतिनिधिले सहभागिता जनाउने छन् ।