Connect with us
Kapilvast Forest

बजेटकाे अन्तिम तयारी हुँदै गर्दा अर्थसचिव फेरिए

२०८०, २० बैशाख बुधबारमा प्रकाशित

काठमाडौं- सरकारले अर्थ मन्त्रालयमा सचिव परिवर्तन गरेको छ।

बजेट आउन एक महिनाभन्दा कम समय रहेका बेला अर्थमन्त्री प्रकाशशरण महतको आग्रहमा नयाँ अर्थसचिव ल्याइएका हुन् ।

सरकारले तोयम रायालाई हटाएर अर्जुनप्रसाद पोखरेललाई अर्थसचिवका रुपमा ल्याएको छ ।

राया उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् । पोखरेल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयमा कार्यरत थिए । उनी ३ वर्षअघि सचिव भएका हुन् ।

पोखरेलले अर्थ मन्त्रालय, महालेखा नियन्त्रकको कार्यालय, विमानस्थल भन्सार, सम्पत्ति शुद्धीकरण विभागलगायत निकायमा बसेर काम गरिसकेका छन्

उनले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पनि सचिवका रुपमा काम गरेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu