Connect with us
Kapilvast Forest

विजयनगरमा तीनदिन नाचेर पाँच लाख झ्वाम

२०८१, २४ कार्तिक शनिबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-

कपिलवस्तुको विजयनगर गाउँपालिकामा “जीवन व्यवस्थापन कार्यशाला” कार्यक्रमको नाममा तीन दिनमा पाँच लाख रुपियाँको खर्च गरिएको छ । यो कार्यक्रम कात्तिक २१, २२ र २३ गते सम्पन्न भएको थियो । बिजयनगरका स्थानीय भन्छन तीनदिन नाचेरै पाच लाख झ्वाम गरिएको छ ।

कार्यक्रमको लागि पाँच लाखमा सम्झौता गरिएको थियो ।  जसअन्तर्गत दुई लाख पचास हजार रुपियाँ अग्रिम भुक्तानी समेत गरिएको लेखा अधिकृत हिमकान्त आचार्यले जानकारी दिनुभयो ।

सो कार्यक्रमको आयोजनामा गाउँपालिका अध्यक्ष गोपाल थापा र प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालको भूमिका रहेको बताइएको छ । ध्यान–योग तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको यो कार्यक्रमको यति ठूलो खर्चले गाउँपालिका भित्रै आलोचना सुरु भएको छ ।

स्थानीयले यो खर्च पारदर्शी नभएको र जनताको करको दुरुपयोग भएको आरोप लगाएका छन् । उनीहरूका अनुसार, कार्यक्रमको लागि आवश्यक सामग्री, खानपान र अन्य खर्चको सूची सार्वजनिक गर्न गाउँपालिकालाई अनुरोध गरेका छन ।

पाँच लाख रकम तीन दिनमै नाचगान, खानपान र अन्य व्यवस्थापनमा खर्च गरिनु अनुचित रहेको स्त्थानियको भनाइ छ  ।

यस विषयमा गाउँपालिका अध्यक्ष गोपाल थापाले आफ्नो कुनै  धारणा सार्वजनिक गरेका छैनन् ।

प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले कार्यक्रमको बारेमा कुनै प्रतिक्रिया दिन मानेनन् ।

स्थानीय बासिन्दाहरूले गाउँपालिकाले पारदर्शिता अपनाएर खर्चको सम्पूर्ण विवरण सार्वजनिक गर्नुपर्ने माग उठाइरहेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu