किशोरीहरूको शैक्षिक गुणस्तर वृद्धिका लागि रूपान्तरण कक्षा
न्युजसेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ मा रहेको मिलिजुली महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले किशोरीहरूको शैक्षिक गुणस्तर वृद्धिका लागि गाउँ गाउँमा रूपान्तरण कक्षा सञ्चालन गरेको छ ।
शिवराज नगरपालिकाको वडा नम्बर ३ खरेन्द्रपुर, मदवा र नयाँबस्ती गाउँमा रूपान्तरण कक्षा सञ्चालन गरेको मिलिजुली महिला विकास बचत ऋण तथा सहकारी संस्थाको अध्यक्ष दीपा बेलबासेले जानकारी दिनुभयो ।

युनिसेफ र सिद्धार्थ सामाजिक विकास केन्द्रको सहयोगमा किशोरीहरूको शैक्षिक गुणस्तर वृद्धि गर्नका लागि हप्ताको शनिबार दिउँसो रुपान्तरण कक्षा सञ्चालन हुने गरेको अध्यक्ष बेलबासेको भनाई रहेको छ ।
गाउँ गाउँमा रूपान्तरण कक्षा सञ्चालन भएपछि
किशोरीहरु खुशि भएका छन । कक्षा वार्षिक रूपमा ४२ हप्ता सञ्चालन हुनेछ ।

कक्षाले किशोरीहरूलाई ज्ञान, सीप, र आत्मविश्वास प्रदान गर्ने लक्ष्य लिएको छ ।
शिवराज नगरपालिकाको १ सय २५ जना किशोरीहरूलाई पाँचवटा समूहमा कक्षा सन्चालन भइरहेको मिलिजुली महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडले जनाएको छ ।
