Connect with us
Kapilvast Forest

वृद्धभत्ता पाउने उमेर पुरानै यथावत

२०८२, १६ जेष्ठ बिहीबारमा प्रकाशित

काठमाडौँ

आर्थिक सुधार सुझाव आयोगले वृद्धभत्ता पाउने उमेर ७० वर्ष पुर्‍याउन सरकारलाई सुझाव दिए पनि बजेटले पुरानै व्यवस्था कायम गरिएको छ ।

२०७९ सालमा शेरबहादुर देउवा नेतृत्वको सरकारले वृद्धभत्ता पाउने उमेर घटाएर ६८ वर्षमा झारेको थियो । जसका कारण वार्षिक २० अर्ब रूपैयाँको दायित्व सरकारलाई थपिएको पञ्जीकरण विभागले बताउँदै आएको थियो । गत वैशाख ६ मा बसेको मन्त्रिपरिषद् बैठकले आगामी १ वर्षभित्र वृद्धभत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने कार्ययोजना स्वीकृत गरेको थियो । तर अर्थमन्त्री विष्णु पौडेलले २०८३/८३ को बजेट प्रस्तुत गर्दै उमेर पुरानै कायम राखिएको उल्लेख गरेका छन् ।
रामेश्वर खनाल नेतृत्वको आयोगले आगामी ५ वर्ष वृद्धभत्ता नबढाउन र न्यूनतम उमेर ७० कायम गर्न सुझाव दिएको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu