Connect with us
Kapilvast Forest

मधेश प्रदेशको नाम ‘जानकी प्रदेश’ नामकरण गर्दा उपयुक्त हुने देउवाको टिप्पणी

२०८२, २४ जेष्ठ शुक्रबारमा प्रकाशित

जनकपुरधाम –

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मधेश प्रदेशको नाम ‘जानकी प्रदेश’ नामकरण गर्दा उपयुक्त हुने बताएका छन् । जनकपुरधाममा नवनिर्मित मैथिली विकास कोषको भवन उदघाटन गर्दै उनले मिथिलाको प्राचिन राजधानी र जानकीको जन्मथलो भएकाले यसको नाम जानकी प्रदेश हुँदा उपयुक्त हुने उनको भनाइ छ ।

‘राजा जनकको प्राचिन राजधानी, जानकीको जन्मथलो र भगवान रामको ससुराली भएकाले यो धार्मिक र बहुसाँस्कृतिक हो । नेपाल भारतको सम्बन्धलाई यसले प्रगाढ बनाएको छ’ पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘मैले त भनेको थिएँ यो प्रदेशको नाम मधेश भन्दा जानकी प्रदेश राख्दा उपयुक्त हुन्छ भनेर ।’उनले मैथिली विकास कोषले निर्माण गरेको भवन र उसको कार्यक्रम नयाँ पुस्ताका लागि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । मधेश सरकारको साढे ७ करोडको लगानीमा भवन निर्माण भएको मैथिली विकास कोषका अध्यक्ष जीवनाथ चौधरीले बताए ।

कार्यक्रममा मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह, कांग्रेस नेता कृष्णप्रसाद सिटौला, सहमहामन्त्री महेन्द्र यादव लगायतको उपस्थिति थियो । यसअघि आज बिहान जनकपुरधामस्थित मधेश पार्टी कार्यालयमा कार्यकर्ता भेटघाटको क्रकममा देउवाले मधेश प्रदेश सरकारको नेतृत्व अब कांग्रेसले गर्ने बताएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu