Connect with us
Kapilvast Forest

बालुवाटारमा ओली-भण्डारीले डेढ घण्टा भलाकुसारी

२०८२, ५ असार बिहीबारमा प्रकाशित

काठमाडौं –

पूर्वराष्ट्रपति तथा नेकपा एमालेका पूर्वउपाध्यक्ष विद्यादेवी भण्डारी मंगलबार साँझ प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरिन् । प्रधानमन्त्री समेत रहेका नेकपा एमालेका वर्तमान अध्यक्ष केपी शर्मा ओलीसँग भण्डारीको करिब डेढ घण्टा भलाकुसारी भयो ।एउटा पार्टीका अध्यक्ष र पूर्वउपाध्यक्षबीचको भेटघाट राष्ट्रिय राजनीतिमा चर्चा हुनुपर्ने विषय त होइन, तर परिस्थिति नै त्यस्तै छ कि अहिले उनीहरूबीचको संवादले चर्चा पाएको छ । मुलुक बाहिर चीन र मुलुकभित्र पनि विभिन्न ठाउँमा पुगेर फर्किएपछि भण्डारी ओलीलाई भेट्न पहिलोपटक प्रधानमन्त्री निवास बालुवाटार पुगेकी हुन् । बालुवाटारमा यी दुई नेताहरूले एक्लाएक्लै छलफल गरेका थिए ।

भेटपछि दुवैजनाले आ(आफू पक्षका नेताहरूसँग भेटघाटबारे जानकारी गराएका छन् । यी दुवै नेताहरूसँग छुट्टाछुट्टै छलफल गरेका नेताहरूले अनलाइनखबरलाई बताएअनुसार, पूर्व राष्ट्रपति भण्डारी आफै समय लिएर प्रधानमन्त्री ओलीलाई भेट्न गएकी थिइन् । ओलीलाई भेटेर अहिलेसम्म भएका भेटघाटहरू, नेता तथा कार्यकर्ताहरुले व्यक्त गरेका धारणा र र पार्टी राजनीतिमा आफ्नो सम्भावनाबारे बताएकी थिइन् ।

‘विद्याजीले जिल्ला दौडाहका बेला भएका छलफलहरू र नेता कार्यकर्ताको चाहनाबारे पार्टी अध्यक्षलाई जानकारी गराउनुभएको हो,’ भण्डारी निकट एक नेताले अनलाइनखबरसँग भने,’तर विद्याजीले आफैंले मुख खोलेर म नेतृत्वका लागि तयार भइसकेँ तपाईंले छोड्नुस भनिसक्नुभएको छैन ।’

उक्त स्रोतले भनेअनुसार, भण्डारीले नेता कार्यकर्ताहरूले नयाँ नेतृत्वको चाहना गरेको बताएकी थिइन् । जवाफमा प्रधानमन्त्री ओलीले अझै समय बाँकी रहेकाले त्यसबारेमा सरसल्लाह गर्न आफू तयार रहेको बताएका थिए । ‘भदौमा विधान महाधिवेशन हुँदैछ, महाधिवेशन पनि आउला, सल्लाह गरौंला,’ ओलीले भण्डारीसँग भनेका थिए, ‘तपाईंलाई भेट्नेहरूले तपाईंलाई अघि बढ्नुस् भन्छन् मलाई भेट्नेहरूले मलाई नै नछोड्नुस् भन्छन् ।’

भेटपछि एमालेका केही पदाधिकारीहरूसँग भएको कुराकानीमा भण्डारीले एमालेमा अहिले नै दुईवटा पिल्लर बनाएर जाने सोचमा आफू नरहेको बताएकी थिइन् । ‘मैले ओलीजीसँग कुरा गर्दा उहाँलाई त्यति नकरात्मक पाइनँ । सल्लाह गरौंला भन्नुभएको छ,’ भण्डारीको भनाइ उधृत गर्दै एमालेका अर्का एक नेताले भने, ‘सकेसम्म सहमतिमै अघि बढ्ने हो ।’राष्ट्रपतिको कार्यकाल सकिएपछि भण्डारी एमालेको पार्टी राजनीतिमा सक्रिय हुन चाहन्छिन् । त्यही चाहनाअनुसार नै उनले एमालेका नेता कार्यकर्ताहरूसँग भेटघाट थालेकी छिन् । गण्डकी, कोशी र लुम्बिनी प्रदेशमा पुगेर भण्डारीले कार्यकर्ताहरूको मन बुझेकी पनि छिन् ।

पूर्वराष्ट्रपति भण्डारीको चीन भ्रमणका कारण पनि एमालेको राजनीतिक वृत्त तरंगित छ । तर एमालेको आन्तरिक राजनीतिक जीवनमा ओली र भण्डारी भरपर्दा सारथी भएकाले उनीहरूले अहिले नै आ(आफ्नो गुट तयार गरिसके भन्नेमा एमालेका नेताहरू स्वीकार गर्दैनन । ‘अहिले दुबै जनाले कार्यकर्ताको मन बुझ्ने र एक अर्काको नाडी छाम्ने काम गरिरहनुभएको छ, अहिले नै अलग अलग बाटो कोरौं भन्ने दुवैको मनमा छैन,’ एमालेका अर्का एक पदाधिकारीले भने, ‘तर कार्यकर्ता र तहका नेताहरूका बीचमा स्पष्टै कित्ताकाट जस्तो देखिएको छ ।’

त्यसैले मंगलबारको भेटमा भण्डारीले ओलीसँग कार्यकर्ताको चाहना उल्लेख गर्दै आफूलाई सहयोग गर्न आग्रह गरेकी हुन् ।पछिल्लो समय एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र एमालेमा सक्रिय हुन चाहेकी पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक रूपमै पनि एक अर्काका विरुद्ध टिप्पणी गर्दै आएका छन् ।गत जेठ २५ गते अनेरास्ववियुको अधिवेशन उदघाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन आउनुअघि नै नेतृत्व परिवर्तनको कुरा गरेर अध्यक्षलाई कमजोर बनाउन खोजिएको बताएका थिए । ‘पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष, अहिले महाधिवेशन घोषणा नै भएको छैन,’ ओलीले भने, ‘अनि बाहिर हल्ला चलाएर पार्टीलाई कमजोर पार्न, पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने यस्ता दुष्प्रयासहरू सोझै इन्कार गर्नुस् ।’

त्यतिमात्रै होइन अध्यक्ष ओलीले आफूलाई अप्ठ्यारोमा पार्न उमेर हदको कुरा चलाइएको समेत बताएका थिए । ‘७० वर्षे उमेर हदको विषय फेल खाइसक्यो । अहिले म ७४ चल्दैछु, ७० मा रिटायर्ड हुने भन्ने कुरा फेल खाएन रु,’ ओलीले भनेका थिए ।भण्डारीले भने अध्यक्ष ओलीको अभिव्यक्ति आफूप्रति लक्षित नभएको बताएकी थिइन् । गत जेठ २७ गते विराटनगरबाट काठमाडौं फर्किने क्रममा पत्रकारसँग कुराकानी गर्दै भण्डारीले भनिन्, ‘त्यो विषयमा त नेकपा एमालेको वर्तमान अध्यक्षज्यू केपी शर्मा ओलीज्यूले मलाई नै तोकेरै, ताकेरै भन्नु भयो होला भन्ने त लाग्दैन । कहिले गुट नगरेर म मूलधारको राजनीति गरिराखेको मान्छे, उहाँले त्यो भन्नै मिल्दैन । लक्ष्य तपाईंहरूको गलत अर्थ होला भन्ने मलाई लाग्छ । पार्टीमा सक्रिय राजनीतिमा आउँदाखेरि अध्यक्ष म हुने कुराले अरु आकांक्षीहरूलाई पनि त केही प्रश्नहरू उठाएको हुनसक्छ नि त, त्यसलाई भनेको हो कि रु तपाईंहरू खालि मैतिर किन तेर्सिनु हुन्छ रु’

विद्या भण्डारीले भनिन्– म जिल्ला जाँदा एमालेलाई सोध्नुपर्दैन, वाम एकता तत्काल सम्भव छैनप्रधानमन्त्री केपी शर्मा ओलीसँगको मंगलबारको भेटमा भण्डारीले यो प्रसंग पनि कोट्याएकी थिइन् । उनले अध्यक्ष केपी शर्मा ओलीसँग आफूले छुट्टै गुट बनाउन नचाहेको बताएकी थिइन् । ‘अहिलेसम्म उहाँले अध्यक्षविरुद्ध गुट बनाउने सोचिसक्नु भएको छैन,’ एमाले स्रोतको दाबी छ, ‘अध्यक्षकै सहमतिमा अघि बढ्ने चाहना हो, विद्याजीले त्यही कुरा अध्यक्षलाई भन्न जानु भएको हो ।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu