Connect with us
Kapilvast Forest

लगानीकर्तालाई ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्छ : सभापति देउवा

२०८२, ३१ असार मंगलवारमा प्रकाशित

काठमाडौं-

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेशी तथा विदेशी लगानीकर्तालाई नेपालमा ढुक्कसँग लगानी गर्ने वातावरण बनाउनुपर्ने बताएका छन् ।मंगलबार काठमाडौंमा इप्पानको २३ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै देउवाले लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्ने बताए ।

देउवाले लगानीकर्तालाई दुःख दिने कुरा सरकारले सोच्नै नसक्ने बताए । ‘अहिले उत्पादित विद्युत खपत गर्ने र व्यापार गर्ने दायित्व सरकारको हो । यसका लागि निजी क्षेत्रलाई सहभागी गराउनु जरुरी छ’ उनले भने, ‘लगानीका लागि आउने जो सुकैलाई पनि सहज र सरल माध्यमबाट लगानी गर्ने वातावरण बनाउनुपर्छ । लगानीकर्तालाई दुःख दिने भन्नेकुरै छैन ।’जलविद्युत आयोजनाहरूको आईपीओ निस्कासन रोक्नु गलत भएको र धितोपत्र बोर्डले चाँडै शेयर निस्कासन गर्ने धारणा राखे ।

‘शेयर निस्कासन रोकिएको कुरा सुनेँ, धितोपत्र बोर्डले चाँडै शेयर निस्कासन गर्नेछ, यसलाई रोक्नु हुँदैन,’ उनले थपे ।ऊर्जा क्षेत्रलाई नेपालमा प्रकृतिले दिएको सम्पतीको संज्ञा दिंदै देउवाले हरित ऊर्जामा बढी जोड दिन पनि आग्रह गरे ।सभापति देउवाले नेपालको आर्थिक तथा सामाजिक विकासमा प्राप्त उपलब्धिको पछि देशले अघि बढाएको उदारवाद निजीकरणको नीति रहेको स्पष्ट पारे । यसको कार्यान्वयनका क्रममा भएका कमजोरीको अन्त्य गरी निजी क्षेत्रलाई थप प्रोत्साहित गर्नुपर्ने बताए ।निजी क्षेत्रबाट उत्पादन बढ्दै जानु खुशीको कुरा भएको उल्लेख गर्दै देउवाले आज देशभित्र लोडसेडिङ नरहेको उल्लेख गरे ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu