Connect with us
Kapilvast Forest

खोलाको लाइसेन्स व्यक्तिको झोलामा हाल्ने प्रवृत्ति अन्त्य होस् : जनार्दन शर्मा

२०८२, ३१ असार मंगलवारमा प्रकाशित

काठमाडौं-

नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले खोलाको लाइसेन्स एउटा व्यक्तिको झोलामा हाल्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरेका छन् ।मंगलबार काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।उनले ऊर्जा क्षेत्रको विकास नगर्दा नेपाली जनताको लगानी डुब्ने मात्रै नभइ नेपालीको सपना पूरा नहुने समेत बताए ।खोलाको लाइसेन्स लगानी गर्नसक्नेलाई दिएको हो वा नसक्नेलाई भन्नेबारेको हिसाब किताब पनि आफूले खोज्ने बताए ।

एउटा व्यक्तिलाई योजनाहरूको लाइसेन्स थुपारिदिँदा अन्य ऊर्जा उत्पादन गर्न खोज्नेहरूले योजना नपाइरहेको उनको भनाइ छ ।आज दर्जनौँ परियोजनाहरू एउटा विशेष कम्पनीको नाममा, व्यक्तिका नाममा दर्ता गराइएको र उनीहरूले लगानी नगरिरहेको परिस्थिति रहेको उनलेबताए । यो अवस्थाको अन्त्य गर्न छुट्टै नीति ल्याउनुपर्ने उनको भनाइ छ ।

‘ऊर्जा क्षेत्रको विकास नगर्दा नेपाली जनताको लगानी डुब्ने मात्रै होइन, हाम्रो सपना पूरा हुँदैन । हामी धेरै पछि परिसकेका छौँ । तपाईंहरुले दिने लाइसेन्सहरु त्यसको हिसाब किताव अब म खोज्नेवाला छु । कुन व्यक्तिलाई दिनुभएको छ । लगानी गर्नसक्नेलाई दिनुभएको छ कि बिक्री गर्नेलाई दिनुभएको छ रु भनेर हिसाव किताव दिनुभएको छ । डेभलपरहरूले योजना पाइरहेको छैन, आज खोलाहरू सबै दर्ता भइसकेका छन् । किन दर्ता भए रु उसले लगानी गरिरहेको छ कि छैन, उसले लगानी गर्नसक्ने क्षमता छ कि छैन भनेर हेर्नुपर्ने छ,’ उनले भने ऽ

खोला बेच्ने कुरा मान्य नहुने भन्दै उनले भने, ‘म ऊर्जामन्त्री हुँदा खोला बेच्ने कुराको अन्त्य गर्ने भनेर घोषणा गरेको थिएँ । त्यतिबेला रोकेको पनि थिएँ, कतिपय कुरा फिर्ता ल्याएको पनि हो । आज दर्जनौँ परियोजनाहरू एउटा विशेष कम्पनीको नाममा, व्यक्तिका नाममा छन् । आज उत्पादन गर्छौं भन्नेहरूले योजना पाइरहेका छैनन् । यो अवस्थाको अन्त्य गरियोस् ।’शर्माले विद्युत् खरिद गरेर देश समृद्ध बन्ने नभइ विद्युतको खपतबाट मात्रै देश समृद्ध बन्ने बताए।जलाशययुक्त आयोजना सरकारले बनाउनुपर्ने भन्दै उनले समय बितिसकेपछिको ऊर्जा उत्पादनको अर्थ नरहने बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu