सरस्वती आविको ३५औं स्थापना दिवस सम्पन्न
न्युज सेन्टर नेपाल-
कपिलवस्तुको शिवराज नगरपालिका–१ शिवपुरस्थित सरस्वती आधारभूत विद्यालयले आफ्नो ३५औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगत बहादुर जीसीका अनुसार स्थापना दिवस विशेष समारोहका साथ सम्पन्न गरिएको हो ।
कार्यक्रममा वडा नं. १ का अध्यक्ष खिम विक्रम केसीले शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याउँदै विद्यालयको भौतिक पूर्वाधार विकासका लागि वडा कार्यालय सधैं तत्पर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा पूर्वअध्यक्ष ज्ञानीराम पुरी, अक्षयकोष दाता बाबुराम खनाल, विद्यालय व्यवस्थापन समितिका सदस्य किरण केसी, इमानसिंह पुन, शिव प्रसाद थारु, अभिभावक संघका अध्यक्ष निशाना पुन लगायतको सहभागिता रहेको थियो ।
प्रधानाध्यापक शान्ती जिसीले विद्यालयलाई शैक्षिक उन्नतिका लागि सम्पूर्ण समुदायको सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।