मोहम्मदको डे: कपिलवस्तुमा बिदा
सनिउल्ला धोबी-
इस्लाम धर्मका प्रवर्तक हजरत मोहम्मद पैगम्बर सल्लल्लाहु अलैहि वसल्लमको जन्मजयन्तीको अवसरमा कपिलवस्तुका आठ स्थानीय तहले भदौ २० गतेका दिन सार्वजनिक बिदा दिने निर्णय गरेका छन् ।
जिल्लाको महाराजगञ्ज नगरपालिका, कृष्णनगर नगरपालिका शिवराज नगरपालिका, कपिलवस्तु नगरपालिकाले विदा दिएका छन ।
त्यसैगरी मायादेवी गाउँपालिका, सुद्धोधन गाउँपालिका, विजयनगर गाउँपालिका र यशोधरा गाउँपालिकाले विशेष निर्णय गर्दै सोमबार स्थानीय बिदा घोषणा गरेका हुन ।
बिदा घोषणा भएपछि जिल्लाभरका मुस्लिम समुदायमा हर्षोल्लास छाएको छ । समुदायले यसलाई धार्मिक सद्भाव र सांस्कृतिक परम्पराप्रतिको सम्मानका रूपमा लिएको बताइएको छ ।
यसअघि पनि मोहम्मद पैगम्बरको जन्मजयन्तीमा कपिलवस्तुका विभिन्न पालिकाले विदा दिँदै मुस्लिम समुदायलाई धार्मिक गतिविधि सञ्चालन गर्न सहज बनाउँदै आएका छन ।