कपिलवस्तुमा रोट्र्याक क्लबद्वारा जेब्रा क्रसिङ निर्माण
कपिलवस्तु– रोट्र्याक क्लब अफ कपिलवस्तुले जिल्लाको चन्द्रौटा बजारमा जेब्रा क्रसिङ निर्माण गरेको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत चन्द्रौटाको मुख्य चोकमा नयाँ जेब्रा क्रसिङ निर्माण गरिएको क्लबका अध्यक्ष प्रकाश चौधरीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि निर्माण गरिएको जेब्रा क्रसिङ कालान्तरमा मेटिँदै गएपछि नयाँ सेतो रंग प्रयोग गरी पुनः निर्माण गरिएको हो ।
सडक दुर्घटना न्युनिकरण र पैदल यात्रीलाई सुरक्षित आवतजावतको सहज वातावरण बनाउन जेब्रा क्रसिङ निर्माण गरिएको अध्यक्ष प्रकाश चौधरीको भनाइ छ ।
रोट्र्याक क्लब अफ कपिलवस्तुले पछिल्ला दिनमा सामाजिक जिम्मेवारीमूलक गतिविधिहरूलाई निरन्तरता दिँदै आएको छ ।
केही समयअघि मात्र क्लबले जिल्लाको सीमा क्षेत्रमा सन्देशमूलक ब्यानरहरू राखेको थियो भने नियमित रूपमा रक्तदान कार्यक्रम समेत सञ्चालन गर्दै आएको छ ।