Connect with us
Kapilvast Forest

राजेन्द्र लिङ्देनले दिए रवि लामिछानेलाई पृथ्वी जयन्तीको निमन्त्रणा

२०८२, २४ पुष बिहीबारमा प्रकाशित

काठमाडौं –

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेसँग भेटवार्ता गरेका छन् ।आज बिहान हात्तिगौंडास्थित लामिछाने निवास पुगेर लिङ्देनले भेटवार्ता गरेका हुन् । भेटका क्रममा उनले लामिछानेलाई पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवसको निमन्त्रणा दिएका छन् ।

यही पुस २७ गते राप्रपाले राष्ट्रिय एकता दिवसका रुपमा पृथ्वी जयन्ती मनाउँदैछ । त्यस अवसरमा औपचारिक कार्यक्रम आयोजना गरिएको छ ।यसका साथै २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका बारेमा पनि छलफल भएको भेटवार्तामा सहभागी राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।अध्यक्ष लिङ्देनले बुधबार राति गुन्डु पुगेर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पनि भेटेर निमन्त्रणा दिएका थिए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu