भारतले निर्वाचनका लागि चार सय गाडी दिने, १०८ वटा एक सातामै आउदै
फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा निर्वाचनका लागि चार सय वटा गाडी सहयोग गर्ने भएको छ। जसमध्ये पहिलो लट एक साताभित्र नेपाल आइपुग्ने भएको छ।
गृह मन्त्रालयका अनुसार एक सय ८ वटा गाडीको भन्सार छुटका लागि लेखिसकिएको छ । ‘करिब चार सय गाडी भारतबाट अनुदानस्वरुप आउँदैछ,’ गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्ले भने,‘त्यसमध्ये एक सय ८ वटा एक साताभित्र आइपुग्नेछ ।’ निर्वाचनका लागि सुरक्षा निकायहरुलाई गाडीको अभाव रहेकाले भारतबाट आउनेमध्ये धेरै सुरक्षा निकायलाई दिने तयारी छ।