Connect with us
Kapilvast Forest

एमालेले १६५ निर्वाचन क्षेत्रमध्ये एकैपटक १४१ क्षेत्रका उम्मेदवार टुंग्यायो (नामावलीसहित)

२०८२, ५ माघ आईतवारमा प्रकाशित

एमालेले १६५ निर्वाचन क्षेत्रमध्ये शनिबार एकैपटक १४१ क्षेत्रका उम्मेदवारको टुंगो लगाएको छ । सात प्रदेशमध्ये सुदूरपश्चिम, कर्णाली र गण्डकीका सबै क्षेत्रको टिकट तय भइसकेको र बाँकी क्षेत्रका टिकट अध्यक्षको परामर्शमा चाँडै टुंग्याइने उपमहासचिव लेखराज भट्टले बताए ।

त्यसबाहेक लुम्बिनीअन्तर्गत रुपन्देही १, २ र ४, कपिलवस्तु २, दाङ १ र २, बाँके २ र रुकुम पूर्वको मात्र टिकटको टुंगो लाग्न बाँकी छ । त्यस्तै, बागमतीअन्तर्गत काठमाडौं ४, ५, ७ र ९, काभ्रे २, ललितपुर ३, मधेशअन्तर्गत महोत्तरी ३ र सर्लाहीको १ र २, पर्साको १ र २ मा उम्मेदवारको टुंगो लाग्न बाँकी छ ।

त्यस्तै, कोशीमा ताप्लेजुङ, झापा ३, सुनसरी र मोरङ ५ र ६ मा उम्मेदवारको टुंगो लाग्न बाँकी छ । बाँकी रहेका क्षेत्रमा अध्यक्षले परामर्श लिएर टुंगो लगाइने उपमहासचिव भट्टले बताए ।

पदाधिकारीमध्ये उपमहासचिव योगेश भट्टराईले उठ्न चाहेको ताप्लेजुङको टिकट अध्यक्षले अन्तिम टुंगो लगाउनेछन् । त्यस्तै, सचिव राजन भट्टराईको काठमाडौं ४, पूर्वमन्त्री गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्र काभ्रे २ को पनि उम्मेदवारको टुंगो लागेको छैन । पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उठ्दै आएको काठमाडौं ५ को पनि टुंगो लाग्न बाँकी छ । त्यहाँ पोखरेलले खासै रुचि राखेका छैनन् । चितवन १ मा पूर्वउपाध्यक्ष सुरेन्द्र पाण्डेले रुचि नराख्दा कमलराज पाठकलाई उम्मेदवार बनाइएको छ ।

प्रतिनिधिसभा सदस्य निर्वाचन (प्रत्यक्षतर्फ)का एमाले उम्मेदवारको नामावली 


योगेश भट्टराईको फरक मत
टिकट वितरणमा उपमहासचिव योगेश भट्टराईले फरक मत राखेका छन् । त्यसका तीन आधार उनले प्रस्तुत गरेका छन् । उम्मेदवार छनोटको मापदण्ड नै नबनाएर छनोट गरिएको, पछिल्लो अवस्था/बाह्य अवस्थालाई अजरअन्दाज गरिएको र आन्तरिक एकतालाई थप कमजोर बनाउने गरी टिकट बाँडिएको उनको भनाइ छ ।

पछिल्ला दुई निर्वाचन ताप्लेजुङबाट जितेका भट्टराईको टिकटको टुंगो लागेको छैन, अध्यक्ष केपी ओलीले टुंग्याउने सूचीमा राखिएको छ । शनिबारको सचिवालय बैठकपछि भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘नेकपा एमालेका प्रिय कमरेडहरू, निर्णय सुनेर विचलित नहुन अनुरोध गर्दछु । अझ उच्च मनोबल र एकताका साथ नेकपा एमालेका उम्मेदवारहरूलाई विजयी बनाउन आफ्नो ठाउँ र हैसियतबाट सक्रिय रहन आग्रह गर्दछु । हाम्रो यात्रा लामो र गौरवपूर्ण छ ।’

टिकट वितरणमा ईश्वर खेमालाई बेवास्ता
टिकट वितरणमा ईश्वर पोखरेल खेमालाई पूरै बेवास्ता गरिएको छ । गत मंसिरको ११औँ महाधिवेशनमा पदाधिकारीमा प्रतिस्पर्धा गरेका पोखरेल समूहका गोकर्ण विष्टले मात्र टिकट पाएका छन् ।महासचिवका उम्मेदवार सुरेन्द्र पाण्डेले टिकट पाएनन् भने उपमहासचिव योगेश भट्टराईको टिकट होल्ड गरिएको छ । सचिवका प्रतिस्पर्धी विनोद ढकाल, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, ठाकुर गैरे, रचना खड्का, इन्द्रलाल सापकोटाले टिकट पाएनन् । गैरेको निर्वाचन क्षेत्र पाल्पा २ मा उपाध्यक्ष विष्णु पौडेलले टिकट पाएका छन् ।

त्यस्तै, पोखरेल समूहका नेताहरू गणेश पहाडी, झपट रावल, एलपी सावा, महेश बस्नेत (इलाम), जय राई, पुरुषोत्तम पौडेल, कृष्ण राई, अमिरबाबु गुरुङ, मनबहादुर गुरुङ, रत्न गौतम, बालकृष्ण सुवेदीले पनि टिकट पाएनन् ।

साभार : नयाँपत्रिका

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu