Connect with us
Kapilvast Forest

पद लोलुप होइन, दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति हुँ : कुलमान घिसिङ

२०८२, ११ माघ शनिबारमा प्रकाशित

काठमाडौं -उज्यालो नेपालका अध्यक्ष कुलमान घिसिङले जेनजी आन्दोलनपछि गठन भएको सरकारमा रहेको सहभागिताबारे भइरहको टिप्पणीप्रति ध्यानाकर्षण भएको बताएका छन् ।

आन्दोलनपछिको विषम परिस्थितिमा प्रधानमन्त्री सुशीला कार्की र जेनजी आन्दोलनका अगुवाहरूको अनुरोधमा आफू सरकारमा सहभागी भएको बताएका छन् ।

‘सरकारमा सहभागी हुने बेलामै मैले भविष्यमा राजनीतिमा जाने सोच स्पष्ट रूपमा राख्दै यो गैरदलीय सरकार भएकाले आफ्नो सहभागिता उपयुक्त नहुन सक्ने कुरा सम्माननीय प्रधानमन्त्रीसमक्ष प्रष्ट पारेको थिएँ,’ घिसिङले फेसबुकमा लेखेका छन् ।जेनजी आन्दोलनपछि राज्य संरचना प्रायः शून्यताजस्तो अवस्थामा पुगेको बेला घिसिङले प्रधानमन्त्री कार्कीको आग्रहमा चुनौती स्वीकार गर्दै जिम्मेवारी सम्हालेको उनको भनाइ छ ।

‘आफ्नो अडान प्रष्ट राखेरै काम गरेको थिएँ र राजनीतिक प्रश्न उठेपछि पदबाट राजीनामा दिएको कुरा सर्वविदित छ,’ घिसिङले लेखेका छन्, ‘म पद लोलुप होइन, राज्यले दिएको जिम्मेवारी पूरा गर्ने व्यक्ति हुँ ।’
उनले आफूविरुद्ध नियोजित रूपमा बदनाम गराउने मनसायले भ्रमपूर्ण प्रचार र टिका–टिप्पणी भइरहेको भन्दै प्रभावित नहुन आग्रह पनि गरेका छन् । ‘उज्यालो नेपाल निर्माणका लागि म आफ्नो जीवन राजनीतिमा समर्पित गर्दै निरन्तर क्रियाशील रहनेछु,’ घिसिङले भनेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu