Connect with us
Kapilvast Forest

देउराली जनता फर्मास्युटिकल्सको नाफा २ अर्ब ३५ करोड

२०८२, ११ माघ शनिबारमा प्रकाशित

काठमाडौं । औषधि उत्पादनको क्षेत्रमा करिब साढे तीन दशकदेखि सक्रिय रुपमा कामगर्दै आएको देउराली जनता फर्मास्युटिकल्स प्रालीले २ अर्ब ३५ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

आर्थिक वर्ष (आव) २०८१÷८२ मा कम्पनीले सो नाफा आर्जन गरेको रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार कम्पनीले आव २०८०÷८१ मा भने २ अर्ब २ करोड ३० लाख रुपैयाँ मात्रै नाफा कमाएको पाइएको छ । यस्तै, कम्पनीले आव २०७९÷८० मा भने १ अर्ब ८६ करोड ४०९ लाख रुपैयाँ बराबरको आम्दानी गरेको थियो । आव २०७८÷७९ मा भने कम्पनीले १ अर्ब ७० करोड रुपंैयाँ आम्दानी गरेको थियो ।

सन् १९९१ मा स्थापना भएको यस कम्पनीले मुटुरोग, मधुमेह, स्त्रीरोग तथा शिशु स्वास्थ्य, कलेजो रोग, छाला रोग लगायतका विभिन्न क्षेत्रमा प्रयोग हुने सामान्य तथा विशिष्टीकृत गरी २५० भन्दा बढी प्रकारका औषधिहरूको उत्पादन गर्दै आएको छ । यस कम्पनीको शेयर स्वामित्व मुख्य रूपमा कार्यकारी निर्देशक तथा अध्यक्ष हरि भक्त शर्मा (करिब ७१ प्रतिशत) को रहेको छ भने बाँकी शेयर उनका परिवारका सदस्यहरू तथा निकट सहयोगीहरूको स्वामित्वमा रहेको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu