Connect with us
Kapilvast Forest

नेकपा सबैभन्दा नयाँ हो : प्रचण्ड

२०८२, २५ माघ शनिबारमा प्रकाशित

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरूभन्दा नयाँ अरू कोही नभएको दाबी गरेका छन्।आफूहरू गणतन्त्र र संघीयताको वाहक रहेको दाबी गर्दै प्रचण्डले नेकपा नै सबैभन्दा नयाँ दल भएको दाबी गरेका हुन्। शुक्रबार सिन्धुपाल्चोकका मतदाताहरूसँगको कार्यक्रममा उनले यस्तो धारणा राखेका हुन्।

सामाजिक सञ्जालमा नयाँको नाममा होहल्ला गर्ने गरिएको भन्दै प्रचण्डले भने, ‘नेपालमा हामीभन्दा नयाँ कोही पनि छैन। नेपाली कम्युनिस्ट पार्टी मात्रै नयाँ हो। नेपाली कम्युनिस्ट पार्टी सबैभन्दा नयाँ हो। किनकि यो गणतन्त्र र संघीयताको वाहक हो।’

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu