Connect with us
Kapilvast Forest

राष्ट्रिय वन क्षेत्रमै अवैध माटो उत्खनन : वन कर्मचारीले छोडे जेसीपी, टिप्पर, ट्याक्टर (भिडियो)

२०८२, १ चैत्र आईतवारमा प्रकाशित

कपिलवस्तु,
कपिलवस्तुको विजयनगर गाउँपालिका–६ उजलपुरस्थित राष्ट्रिय वन क्षेत्रबाट अवैध रूपमा माटो उत्खनन भइरहेको पाइएको छ ।

सव–डिभिजन वन कार्यालय गुगौली क्षेत्रअन्तर्गत पर्ने उजलपुर नजिकैको राष्ट्रिय वन क्षेत्रमा खुलेआम माटो खनिरहेको भए पनि सम्बन्धित वन कार्यालयका कर्मचारी भने मुखदर्शक बनेको स्थानीयले आरोप लगाएका छन् ।

स्थानीयका अनुसार वन क्षेत्रभित्रै जेसिबी प्रयोग गरेर माटो उत्खनन गरी ट्र्याक्टर तथा टिप्परमार्फत ढुवानी भइरहेको छ ।

यति ठूलो मात्रामा उत्खनन हुँदा पनि वन कार्यालयले समयमै रोक्न नसक्नुले कर्मचारीकै मिलेमतो हुन सक्ने आशंका स्थानीयले व्यक्त गरेका छन् ।

यस विषयमा सव–डिभिजन वन कार्यालय गुगौलीका वरिष्ठ वन अधिकृत मोहन गजुरेलले राष्ट्रिय वन क्षेत्रमै माटो खन्दै गरेको भेटिएको स्वीकार गर्नुभयो । उहाँका अनुसार कार्यालय नजिकै रहेको वन क्षेत्रबाट माटो उत्खनन भइरहेको जानकारी पाएपछि टोली पुगेको थियो।

“हाम्रो कार्यालय नजिकै राष्ट्रिय वन क्षेत्रको माटो खन्दै गरेको पाइएको हो,” वरिष्ठ वन अधिकृत गजुरेलले भन्नुभयो ।
तर उत्खननमा प्रयोग भएको जेसिबी, ट्र्याक्टर र टिप्पर किन नियन्त्रणमा लिइएन भन्ने प्रश्नमा उहाँले आवश्यक परे फेरि नियन्त्रणमा लिएर अनुसन्धान गर्न सकिने प्रतिक्रिया दिनुभयो।

स्थानीयवासीले भने वन क्षेत्रको संरक्षण गर्नुपर्ने निकाय नै उदासीन देखिँदा अवैध उत्खनन झनै बढ्ने चिन्ता व्यक्त गरेका छन्। उनीहरूले तत्काल छानबिन गरी संलग्नमाथि कारबाही गर्न माग गरेका छन् ।

राष्ट्रिय वन क्षेत्रबाट अवैध रूपमा प्राकृतिक स्रोत उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भए पनि विजयनगर क्षेत्रमा भने त्यसको खुलेआम उल्लंघन भइरहेको देखिएको छ । अहिले उक्त घटनाले वन संरक्षण र सरकारी निकायको भूमिकामाथि गम्भीर प्रश्न उठाएको छ ।
हेर्नुस भिडियो:

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu