Connect with us
Kapilvast Forest

कृष्णनगरमा अचेत भेटिएका पुरुषको मृत्यु, सनाखत हुन सकेन

२०८२, १ चैत्र आईतवारमा प्रकाशित

कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिका–२ बसपार्क नजिक सडक छेउमा रहेको ठेलामा अचेत अवस्थामा भेटिएका एक पुरुषको मृत्यु भएको छ।
प्रहरीका अनुसार आइतबार अपराह्न करिब ४:०० बजे बसपार्क क्षेत्रको सडक छेउमा रहेको ठेलामा पहाडी मूलको जस्तो देखिने अन्दाजी ३०–३५ वर्षका एक पुरुष अचेत अवस्थामा रहेको भन्ने सूचना प्राप्त भएको थियो। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई तत्काल उपचारका लागि शिवराज अस्पताल, बहादुरगंज पुर्‍याएको थियो।
अस्पताल पुर्‍याएपछि करिब ४:४० बजे डाक्टरले उनलाई मृत घोषणा गरेका थिए।
हालसम्म मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। मृतकको सनाखत गर्ने कोही व्यक्ति सम्पर्कमा नआएको हुँदा सम्बन्धित आफन्त तथा चिनजान हुने व्यक्तिहरूलाई सम्पर्क गर्न प्रहरी प्रशासनले आग्रह गरेको छ।
मृतकलाई चिन्ने वा कुनै जानकारी हुने व्यक्तिहरूले इलाका प्रहरी कार्यालय कृष्णनगरको मोबाइल नम्बर ९८५७०९०२७८ मा फोन गरी जानकारी गराउन वा कार्यालयमै सम्पर्क गर्न अनुरोध गरिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu