Connect with us
Kapilvast Forest

कपिलवस्तुमा मोटरसाईकल चोरी गर्ने गिरोह पक्राउ

२०८२, ४ चैत्र बुधबारमा प्रकाशित

कपिलवस्तुमा मोटरसाईल चोरी गर्ने गरोह पक्राउ परेका छन्। कपिलवस्तुको मर्यादपुर तौलिहवा लगायतका क्षेत्र दिनहुजासो मोटरसाईकल चोरी हुन थालेपछि खोजतलास गर्नेक्रममा मोटरसाईकल चोरी गर्ने गरोह नै पक्राउ परेका हुन ।

 कपिलवस्तुको मायादेबी गाउपालिका ६ का सद्दनम हुसेन फकीरलाई मर्यादपुरमा प्रहरीले सिसि फुटेजको आधारमा पक्राउ गरेपछि गिरोह नै फन्दा परको प्रहरीले जनाएको छ ।

चोरी मुद्दामा कारागारमा सजाय काट्दै आएका हुसेन भदौ २४ गते कारागारबाट फारार भएका थिए । उनी अदालतमा अगजनी र तोडफोडमा समेत संलग्न रहेका प्रहरी उपरीक्षक संतोष आचार्यले बताए ।

कारगारबाट फरार भए पछि हुसेनले मोटरसाईल चोर्न गिरोह नै बताएका थिए । हुसेन पक्राउ परेपछि  प्रहरीले ५ वटा मोटर साईकलसमेत बरामद भएका छन् ।

घटनामा कपिलवस्तु नगरपालिका वडा नम्बर ३ का सुभम खड्का कृष्णगनर नगरपालिका ८ का एजाज खा र भारतको गोन्डाका माहोम्मद सलमानलाई समेत पक्राउ गरिएको प्रहरी उपरिक्षक आचार्यले बताए ।

पक्राउ परेकामाथी मुलुकी अपराध संहीता २०७४ को चोरी तथा डाका सम्बन्धी कुसुरमा अदालतबाट म्याद थप गरी घटनाको अनुसंधान जारी राखेको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu