Connect with us
Kapilvast Forest

नीतिगत परिवर्तनअघि प्रभाव मूल्यांकन जरुरी

२०८२, १९ चैत्र बिहीबारमा प्रकाशित

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका पदाधिकारीहरूको प्रतिनिधिमण्डलले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग भेट गरी वर्तमान आर्थिक अवस्था, नीतिगत सुधार तथा निजी क्षेत्रका समस्याबारे विस्तृत छलफल गरेको छ ।

चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवाल नेतृत्वको टोलीले सरकारसँग समन्वय र सहकार्यमार्फत आर्थिक पुनरुत्थानको आवश्यकता औंल्याएको हो ।

अध्यक्ष अग्रवालले सरकारद्वारा सार्वजनिक गरिएको १०० दिने कार्यसूचीको स्वागत गर्दै भदौ २३ र २४ गतेको आन्दोलनपछि देश संवेदनशील राजनीतिक मोडमा पुगेको स्मरण गराए ।

‘हालको अवस्थामा राजनीतिक स्थायित्व स्थापित भएको छ, जसले आर्थिक विकासप्रतिको आशा जगाएको छ,’ उनले भने, ‘अब आर्थिक नीति, औद्योगिक तथा व्यावसायिक रणनीतिहरू प्रभावकारी रूपमा कार्यान्वयन हुनेमा हाम्रो विश्वास छ ।’

उनले २ करोडसम्म कारोबार गर्ने साना व्यवसायीका लागि सरल कर प्रणाली, डिजिटल माध्यमबाट सहज दर्ता तथा नवीकरण प्रक्रिया र कर प्रशासनमा पारदर्शिता तथा पूर्वानुमानयोग्य वातावरण सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

नीतिगत जटिलताका कारण झन्डै १ लाख ५० हजारभन्दा बढी उद्यमी व्यवसायी कालोसूचीमा परेको र साना व्यवसायीहरू बन्द हुन बाध्य भएको उल्लेख गर्दै उनले अब उप्रान्त महत्वपूर्ण नीतिगत परिवर्तनअघि प्रभाव मूल्यांकन प्रणाली विकास गर्न जरुरी रहेको बताए ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu