Connect with us
Kapilvast Forest

ज्योति सहकारीको रकम हिनामिना गरी मौजमस्ती

२०८३, २ बैशाख बुधबारमा प्रकाशित

कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१, पत्थरकोटस्थित “ज्योति बचत तथा ऋण सहकारी संस्था” मा बचतकर्ताको रकम हिनामिना गरेको स्थानीयले गम्भीर आरोप लगाएका छन् ।
सहकारीले २ लाख ८५ हजार ९ सय रुपैया हिनामिना गरेको स्थानीयले आरोप लगाएका छन ।

स्थानीय सन्दीप भुसालका अनुसार सहकारीको रकम प्रयोग गरी अपर मुस्ताङ, ढोरपाटन लगायतका स्थानमा भ्रमण गरिएको, तीज कार्यक्रम पार्टी प्यालेसमा आयोजना गरिएको तथा अर्घाखाँचीको नरपानीमा भोजभतेर गरिएको आरोप छ ।

उनले यस्ता गतिविधिमा सहकारीको रकम खर्च गरिएको दाबी गरेका छन्। यस्तै, स्थानीय रोमाखर खनालले सर्वसाधारणले दुःख–मेहनत गरेर जम्मा गरेको रकम यस्ता अनावश्यक भ्रमण र मनोरञ्जनात्मक कार्यक्रममा खर्चिनु गलत भएको बताए ।

भ्रमण तथा विभिन्न कार्यक्रमका खर्चबारे विवाद चर्किएपछि सहकारीका सञ्चालकबीच आन्तरिक विवाद समेत बढेको बताइएको छ ।

बचतकर्ताहरूले सहकारीको रकम दुरुपयोग भएको भन्दै संस्थालाई औपचारिक पत्र पठाएका छन् । पत्रमा तीर्थ–व्रत, भ्रमण वा अन्य कुनै पनि कार्यक्रममा बचतकर्ताको रकम एक रुपैयाँ पनि खर्च गर्न नहुने स्पष्ट उल्लेख गरिएको छ ।

यता सहकारीका अध्यक्ष राम प्रसाद भुसालले २ लाख ८५ हजार ९ सय रुपैयाको ढोरपाटन गएको स्वीकार गर्नु भयो । भुसालले सुरुमा सहकारी अवलोकनका लागि कोषको रकम दुरुप्रयोग गरेको गम्भीर आरोप लाग्ने विषयमा छलफल भए पनि अन्ततः सहभागीहरूको इच्छाअनुसार अन्य स्थानमा भ्रमण गरिएको र त्यसका लागि सहकारीको रकम प्रयोग नगरिएको दाबी गरे ।

उनका अनुसार भ्रमण खर्च व्यक्तिगत रूपमा संकलन गरिएको रकम तथा बैठक भत्ताबाट व्यवस्थापन गरिएको हो।
यस विषयमा बुद्धभूमि नगरपालिकाका प्रशासकीय अधिकृत तथा सहकारी शाखा प्रमुख विजय भुसालले सहकारीमा बचतकर्ताको रकम अपचलन भएको पुष्टि भएमा कानुनअनुसार कडा कारबाही गरिने बताउनुभयो ।
घटनाबारे सत्यतथ्य छानबिन गरी दोषीमाथि कारबाहीको माग स्थानीयले गरेका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu