Connect with us
Kapilvast Forest

समाचार सार्वजनिक पछि वडाअध्यक्ष भुसालले तिरे राजस्व

२०८३, २ बैशाख बुधबारमा प्रकाशित

न्युजसेन्टर नेपाल-
नगरपालिकालाई राजस्व नतिरी माटो, ढुंगा बिक्रि गरिरहेको वडा नं. ११ का वडा अध्यक्ष नवराज भुसालले अन्ततः अर्घाखाँची शितगंगा नगरपालिकालाई राजस्व तिरेका छन् ।

उनको जग्गाबाट माटो उत्खनन् गरिरहेको सरस्वती इट्टा उद्योग मार्फत राजस्व तिरेका हुन् । नगरपालिकाका अनुसार भुसालले शितगंगा नगरपालिकाको राष्ट्रिय बाणिज्य बैंकको खातामा ४ लाख तथा कोष तथा लेखा नियन्त्रणको खातामा ४८ हजार रुपैया तथा अन्य शुल्क गरि ४ लाख ६० हजार जम्मा गरेका छन् ।

आफ्नै वडामा रहेको आफ्नो जग्गाबाट अवैध रुपमा माटो उत्खनन् गरि बेचेको र पालिकालाई राजस्व समेत नतिरेर छली गरेको भनि न्यूज सेन्टर नेपालमा चैत २९ गते समाचार प्रकाशित भएपछि वडा अध्यक्ष भुसालले चुहावट गरेको राजस्व बुझाएका थिए ।

एमालेबाट निर्वाचित वडा अध्यक्ष भुसालले शितगंगा ११ टिक्करी क्षेत्रबाट पालिका संग सम्झौता नै नगरि, कार्यादेश नलिई र राजस्व समेत नतिरी धमाधम अवैध रुपमा करिब ४ हजार घनमिटर माटो निकासी गरि बेचेपछि पालिकाले नै उक्त उत्खनन् कार्य रोक्का गरेको थियो ।

उनले आफ्नी आमाको नाममा रहेको कित्ता नं. २४ मा रहेको जग्गाबाट माटो तथा ढुंगा निकालेर बेचेको तर पालिका संग कुनै सम्झौता तथा कार्यादेश नलिएको भन्दै नगरपालिकाले फागुन १७ गते काम रोक्न र चैत २७ गते ४ लाख ६० हजार छली गरेको राजस्व तत्काल बुझाउने पत्राचार गरेको समाचार न्यूज सेन्टर नेपालले प्रकाशित गरेपछि भुसाले छली गरेको राजस्व तिर्न बाध्य भएका थिए ।

शितगंगा नगरपालिकाले उत्खनन् काम रोक्न भनेर फागुन १७ गते पत्राचार गरेपनि अटेर गरि चैत २१ गते सम्म माटो विक्री गरिरहेको स्थानीयबासी बताउछन् । सरस्वती इट्टा उद्योगको नाममा बेचिएको माटो बुटवल–गोरुसिंगे सडक आयोजनामा विक्री गरेका भुसालले अचाक्ली गरेपछि स्थानीयको विरोध सुरु भएको थियो ।

हेभी गाडी आउदा पत्थरकोट–ढुङेसरा सडक खण्डको कल्र्भटहरु तथा सडक भासिएको भन्दै पालिकामा मौखिक उजुरी समेत परेको थियो । तर श्रोतका अनुसार राजस्व छली गर्ने वडा अध्यक्षलाई कारवाही गर्नुको साटो शितगंगा नगरपालिकाले उनको बचाउमा प्रेस विज्ञप्ती नै जारी गरेको छ ।

नगर उपप्रमुख गीता भाटका निकट मानिने वडा अध्यक्ष भुसाल बचाउ गर्न एमाले जनप्रतिनिधीहरुले प्रशासकिय अधिकृत तथा नगरप्रमुखलाई दबाब दिएको र बाध्य भई पालिकाले बुधबार समाचार खण्डन गरेको छ ।

नगरपालिकाले आफ्ना कर्मचारीबाट ढिलाई भएको, समयमै नापजाँच गर्न असर्मथ भएको, कर्मचारीले राजस्व एकीन निर्धारण गर्न नसकेको बाध्यता रहेको भन्दै कर्मचारीमाथि दोष थोर्पदै राजस्व चोरी गर्न खोज्ने जनप्रतिनिधीको बचाउ गरेको छ ।

पालिकाकै विज्ञप्तीमा चुहावट भएको राजस्व दाखिला भइसकेको भन्नुले समाचारमा उल्लेख भएको राजस्व चोरी पालिकाले नै पुष्टि गरिदिएको छ ।


संचारकर्मी पृष्ठभूमीबाट राजनितिमा आएका वडा अध्यक्ष नवराज भुसाल माथि आफ्नो वार्डमा अवैध माटो, ढुंगा उत्खनन् कार्यमा मात्र नभई वडाका बजेटको अपारर्दशी खर्च, सामुदायिक बनहरुको काठ विक्री तथा शितगंगा ११ अन्र्तगतको खयरभट्टी देखि कोन्द्रे नदी ठेक्कामा हुने नदीजन्य पर्दाथ निकासी तथा अवैध ओसारपसारमा समेत मिलेमतोको आरोपहरु लाग्दै आएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu