Connect with us
Kapilvast Forest

३८ लाख घोटाला काण्ड : २ जना थुनामुक्त 

२०८३, १५ जेष्ठ शुक्रबारमा प्रकाशित

न्युज सेन्टर नेपाल-

कपिलवस्तुको शिवराज नगरपालिकास्थित आधारभूत अस्पताल चन्द्रौटाको ३८ लाख रुपैयाँ घोटाला प्रकरणमा पक्राउ परेका दुई आरोपी हाजिरी जमानिमा छुटेका छन् । अनुसन्धान पूरा नभए पनि तथ्य र प्रमाणका आधारमा उनीहरूलाई हाजिरी जमानिमा छोडिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका पाँच जनामध्ये अस्पतालका डाक्टर अमित पाण्डे र फार्मेसी कर्मचारी रुक्सना खातुनलाई रिहा गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी रिपेन्द्र कुमार सिंहका अनुसार सरकारी वकिलको निर्देशनमा आरोपी महिलासँग सानो बच्चा भएको तथा डाक्टरको स्वास्थ्य अवस्थालगायत अन्य तथ्य र प्रमाणका आधारमा १ लाख रुपैयाँ धरौटीमा हाजिरी जमानिमा छोडिएको हो ।

प्रहरीले घटनाबारे अनुसन्धान अझै जारी रहेको जनाएको छ । हाल बैंकका २ जना र शिवराज नगरपालिकाका १ जना गरी ३ जना हिरासतमा रहेका छन् भने अन्य २ जना फरार रहेका छन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu