अछाममा जिप दुर्घटना, दुईको मृत्यु, तीन घाइते
अछाम । अछामको पञ्चदेवल बिनायक नगरपालिका थापामोडमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
दार्चुलादेखि जुम्ला जाँदैगरेको जनकपुरको बाप्र ०१ ०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा हेटौँडा उपमहानगरपालिका नवीन तुलाधर र बर्दिया बाँसघारीका मृत्यु भएको हो ।
यस्तै सिराहा कल्याणपुरका सन्तकुमार साह, स्याङ्जा फेदीखोलाका अर्जुनकुमार पौडेल र जिप चालक नेपालगञ्ज राज राजेन्द्र भिमराज चट्टान गुप्ता घाइेत भएको प्रहरीले जनाएको छ ।