Connect with us
Kapilvast Forest

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश

२०८३, ३२ असार बिहीबारमा प्रकाशित

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गतको खेलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ ले पराजित गरेको छ।

अमेरिकाको एटलान्टास्थित मर्सिडिज–बेन्ज स्टेडियममा भएको खेलमा इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश हो ।

दोस्रो हाफको ५५औँ मिनेटमा एन्थोनी गोर्डनले इङ्ल्यान्डलाई अग्रता दिलाए । ८५औँ मिनेटमा एन्जो फर्नान्डेजले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

इन्जुरी समयको दोस्रो मिनेटमा लियोनल मेसीले दिएको आकर्षक क्रसमा वैकल्पिक खेलाडी लाउटारो मार्टिनेजले उत्कृष्ट हेडरमार्फत गोल गर्दै अर्जेन्टिनालाई २–१ को रोमाञ्चक जित दिलाए ।

यो जितसँगै अर्जेन्टिना विश्वकपको फाइनलमा प्रवेश हो । अब अर्जेन्टिनाले युरोपेली च्याम्पियन स्पेनसँग आइतबार अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा हुने विश्वकप फाइनल खेल्ने छ ।

इङ्ल्यान्डले शनिबार तेस्रो स्थानका लागि फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu