Connect with us
Kapilvast Forest

इंग्ल्याण्ड फ्रान्सबीचको खेलमा १० गोल, फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड बन्यो तेस्रो

२०८३, ३ श्रावण आईतवारमा प्रकाशित

काठमाडौं । फिफा विश्वकप फुटबलमा इंग्ल्यान्ड फ्रान्सलाई पराजित गर्दै तेस्रो बनेको छ।

अमेरिकाको मियामी रङ्गशालामा आइतबार बिहान भएको खेलमा इंग्ल्यान्डले फ्रान्सलाई ६–४ गोलकाे अन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको हो । इंग्ल्यान्डले खेलको शुरुआतदेखि नै आक्रामक प्रदर्शन गर्दै पहिलो हाफमै ४–० गाेलको अग्रता बनाएको थियो । खेलको तेस्रो मिनेटमा डेक्लान राइसले गोल गर्दै इंग्ल्यान्डलाई अग्रता दिलाए ।

त्यसपछि १८औँ मिनेटमा एज्री कोन्शाले गोल थपेका थिए । बुकायो शाकाले ३७औँ मिनेट, पहिलो हाफको इन्जुरी समय र ८७औँ मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका छन् । अन्तिम इन्जुरी समयमा जुड बेलिङ्घमले अर्को गोल थप्दै इंग्ल्यान्डको जित सुनिश्चित गरेका हुन्।

शाकाको यो ह्याट्रिकसँगै जुड विश्वकपको नकआउट चरणमा ह्याट्रिक गर्ने इंग्ल्यान्डका दोस्रो खेलाडी बनेका थिए । यसअघि सन् १९६६ को फाइनलमा सर जियोफ हर्स्टले ह्याट्रिक गरेका थिए । दोस्रो हाफमा फ्रान्सले उत्कृष्ट पुनरागमनको प्रयास गरेको थियो । कप्तान किलियन एमबाप्पेले ४८औँ र ६६औँ मिनेटमा दुई गोल गरेका हुन् ।

ब्राडली बारकोलाले ५४औँ मिनेटमा र उस्मान डेम्बेलेले दोस्रो हाफको इन्जुरी समयमा एकरएक गोल थपेका थिए । हारका बाबजुद दुई गोल गरेका एमबाप्पेले प्रतियोगितामा आफ्नो गोल संख्या १० पुर्‍याउँदै गोल्डेन बुटको दौडमा शीर्षस्थानमा उक्लिएका हुन् । साथै उनी विश्वकप इतिहासका सर्वाधिक गोलकर्ता खेलाडीको सूचीमा पनि अग्रस्थानमा पुगेका छन् ।

योसँगै इंग्ल्यान्डले सन् १९६६ मा विश्वकप जितेपछि पहिलो पटक पुरुष विश्वकपमा तेस्रो स्थान हासिल गरेको हो । विश्वकप फुटबलको उपाधिका लागि आइतबार मध्यराति पौने १ बजे साविक विजेता अर्जेन्टिना र सन् २०१० को विजेता स्पेनबीच फाइनल खेल हुने भएकाे छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu