चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलबीरे नजिकै भएको बस दुर्घटनामा २५ बढी यात्रु घाइते भएका छन् ।
सर्लाहीबाट काठमाडौं र काठमाडौंबाट दाङ जाँदै गरेका दुईवटा बस ट्रकसँग ठोक्किँदा दुर्घटना भएको हो ।
दुर्घटना भएपछि अवरुद्ध भएको सडक अहिले खुलाइएको छ । घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।