Connect with us
Kapilvast Forest

सामाजिक सद्भाव कायम राख्न नौ दलले तल्लो तहमा सर्वदलीय संवाद गर्ने

२०८३, १३ श्रावण बुधबारमा प्रकाशित

सामाजिक सद्भाव कायम राख्न नौ दलले पार्टीको तल्लो संरचनामा सर्वदलीय संवाद गर्ने भएका छन् ।

रास्वपा सभापति रवि लामिछानले बुधबार विहान आव्हान गरेको सर्वदलीय बैठकमले तल्लो तहमा सर्वदलीय संयन्त्र सहित बैठकको आह्वान गर्ने निर्णय गरेका छन् ।

बैठकपछि जारी गरिएको नौ दलको संयुक्त वक्तव्यमा भनिएको छ,‘समाजमा शान्ति र सद्भाव कायम राख्न केन्द्रको मात्र प्रयास पर्याप्त हुँदैन ।

तसर्थ, प्रदेश, जिल्ला र स्थानीय तहमा तत्काल सर्वदलीय तथा सर्वपक्षीय बैठकहरू आयोजना गर्न, संवादलाई तल्लो तहसम्म पुर्‍याउन र नागरिकस्तरमा विश्वासको वातावरण निर्माण गर्न हामी आ-आफ्ना पार्टीका विभिन्न तहका समितिहरूलाई निर्देशित गर्दछौं ।’

स्थानीय स्तरमा धार्मिक अगुवा, नागरिक समाज र स्थानीय प्रशासनलाई जोडेर शान्ति कायम राख्न सक्रिय हुन आवश्यकता रहेको संयुक्त अपिलमा भनिएको छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu