Connect with us
Kapilvast Forest

भारतीय अभिनेता नाना पाटेकरको निधन

२०८३, २२ आश्विन बिहीबारमा प्रकाशित

मुम्बई । बलिउडका दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार पाटेकरको बिहीबार बिहान गोवास्थित आफ्नै निवासमा हृदयाघातका कारण निधन भएको हो। मणिपाल अस्पतालका अन्कोलोजी विभागका प्रमुख डा. शेखर सालकरले उनलाई बिहान ५ः२० बजे मृत घोषणा गरिएको थियो।

पाटेकरलाई गम्भीर हृदयाघात भएपछि अस्पताल पुर्‍याइएको थियो। चिकित्सक तथा स्वास्थ्यकर्मीको टोलीले करिब ४५ मिनेटसम्म निरन्तर सीपीआर दिए पनि उनलाई बचाउन नसकिएको डा. सालकरले बताएका छन्।

नाना पाटेकर हिन्दी तथा मराठी चलचित्रका प्रभावशाली अभिनेता मानिन्थे। क्रान्तिवीर,‘परिन्दा, अग्निसाक्षी, तिरंगा, वेलकम, राजनीति लगायतका चलचित्रमा उनले गरेको अभिनय निकै चर्चित छ। अभिनयका लागि उनले राष्ट्रिय चलचित्र पुरस्कारसहित विभिन्न प्रतिष्ठित पुरस्कार प्राप्त गरेका थिए।

फ्यान तथा विभिन्न कलाकारले सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरिरहेका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu