Connect with us
Kapilvast Forest

‘उहाँ मेरो बाउसमानको मान्छे, दुर्व्यवहार भएको छैन’

२०७६, १५ आश्विन बुधबारमा प्रकाशित

काठमाडौं । संसद सचिवालयमा कार्यरत महिला कर्मचारीले यौन दुर्व्यवहारको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिनुभएको छ ।  तर सभामुखको राजीनामा पछि भने ती महिलाले आफूमाथि यौन दुर्व्यवहार नभएको बताएकी छन् । ८ वर्षदेखि डिप्रेशनकाे औषधि सेवन गरिरहेकी भएकी ती महिलाको बोली फेरिएको छ ।

महिलाको भनाई

 (सभामुखले राजीनामा दिनुअघि)
उहाँ(सभामुख महरा)ले साँझ ७ बजे म आउँछु’ भनेर फोन गर्नुभयो । केहीबेरमा रक्सी बोकेर आउनुभयो । आज दशैं सँगै मनाऊँ’ भन्नुभयो । पहिल्यै खाएर आउनु भएको रहेछ । फेरि २ गिलास खानुभयो ।

कोठामा पस्ने बित्तिकै जर्बजस्ती गरेपछि ममाथि कुटपिट पनि भयो । कुटाइबाट मेरो जीउ थिलोथिलो भएको छ । यो भन्दा पहिले पनि ममाथि दुर्व्यवहार प्रयास भएको थियो ।

उहाँलाई मैले २०४७ सालदेखि नै चिनेकी हुँ । रोल्पा हुँदा उहाँकै घरमा बस्थे । त्यहाँ बस्दा फेमली जस्तै भइसकेको थियो । यतिसम्म गर्नुहोला भन्ने लागेको सोच्या थिइँन । प्रहरी बोलाउँछु भनेपछि मात्रै जानुभयो । ‘यतिसम्म गरिस् कि त हुँदैनस्, कि म रहन्न’ भनेपछि जानुभएको हो ।

उहाँ( महरा)ले  ‘कति बेला आऊँ,  के गरौं ?’ भनेर जतिबेला पनि त्यही कुरा गर्नुहुन्थ्याे । त्यो भन्दा मलाई मनै पर्दैन्थ्यो ।

सभामुखले राजीनामा दिएपछि
उहाँ (सभामुख महरा) मेराे डेरामा आउनु भएकै छैन । नआएको मान्छेलाई आएको भनेर कसरी भन्नू ? संसदमा उहाँको प्रेसर जाँच्ने क्रममा भेट हुने हो, कहिलेकाही फोनमा पनि कुरा हुन्छ ।

मैले उहाँलाई मेरो बुबा जस्तै सोच्छु । उमेर पनि बाउकै जस्तो छ । त्यही भएर मैले उहाँलाई बाउलाई गर्नुपर्ने रेस्पेक्ट गर्छु । बाउछोरीकै नातामा कसैले शंका गर्छ र त्यसमा अनेकथरी कुरा गर्छ भने त्यसमा मलाई कुनै लेनादेना छैन, तिनीहरुले नै भोग्नुपर्ला ।

मैले एक पटक सभामुखज्यूसँग हाम्रो समायोजनबारे कुरा गरेकी थिएँ । मेरो समायोजन निकै दुर्गम ठाउँमा भएको छ । त्यो मिलाई दिनुहोला भनेकी थिएँ । हुन्छ  हुन्छ भन्नुभएको थियो तर भएन । त्यसपछि मलाई रिस उठ्यो । म अलि डिप्रेशनमा पनि छु । औषधि खाइरहेको छु । समायोजनको विषयमा उहाँसँग फोनमा झगडा पनि भयो ।

हिजो मलाई मिडियामा त्यस्तो बोल्न प्रभावित पारेको मेरै रिसले हो, अरु कसैले होइन । डिप्रेशनको औषधि पनि हाइडोजमै लिइरहेकी थिएँ । रिसकै तालमा प्रहरी लगायत क–कसलाई फोन गरेँ थाहा छैन । तर अहिले सुनियोजित तरिकाले उहाँलाई पदच्युत गरेर त्यसमा आफू ‘स्टाबिलिस’ हुने खालको माहोल मैले देखेँ।  विभिन्न सञ्चारमाध्यमबाट संकलित

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu