Connect with us
Kapilvast Forest

दूध उत्पादनमा वृद्धि हुँदै : अर्थ मन्त्रालय

२०७९, १५ जेष्ठ आईतवारमा प्रकाशित

काठमाडौं -विगत तीन दशकदेखि उन्नत नश्लको प्रयोग गरी सञ्चालन गरिएका प्राकृतिक तथा कृत्रिम गर्भाधान कार्यक्रमको प्रभावले उन्नत नश्लको गाई र भैंसीको सङ्ख्यामा उल्लेख्य वृद्धि भई दूध उत्पादन तथा उत्पादकत्वमा क्रमशः वृद्धि हुँदै गएको अर्थ मन्त्रालयले जनाएको छ । आर्थिक वर्ष २०७८/७९ को फागुनसम्म दूधको उत्पादन १७ लाख ३९ हजार मेट्रिक टन पुगेको हो । आर्थिक वर्ष २०७७/७८ मा त्यस्तो उत्पादन २४ लाख ८० हजार मेट्रिक टन रहेको थियो।

 

त्यस्तै आर्थिक वर्ष २०७८/७९ फागुनसम्म १ अर्ब ८ करोड ३२ लाख गोटा अण्डा उत्पादन भएको छ। आर्थिक वर्ष २०७७/७८ मा बर्डफ्लु लगायतका कारण अण्डाको उत्पादन ७.८ प्रतिशतले सङ्कुचन हुँदा उत्पादन १ अर्ब ४९ करोड ३६ लाख गोटा पुगेको थियो।

 

 

मासु उत्पादन ७.४५ आर्थिक वर्ष २०७८/७९ फागुनसम्म मासुको उत्पादन ३ लाख ८१ हजार मेट्रिक टन भएको छ। आर्थिक वर्ष २०७७/७८ मा मासुको उत्पादनमा ५.७ प्रतिशतले सङ्कुचन आई कुल ५ लाख २० हजार ७ सय मेट्रिक टन रहेको थियो । आर्थिक वर्ष २०७६/७७ मा नश्ल सुधार, कृत्रिम गर्भाधान र व्यवसायिक पशुपन्छी पालन कार्यक्रमको प्रभावकारिता अभिवृद्धि भई मासुको उत्पादन ५४.६ प्रतिशतले वृद्धि भएको थियो।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu