Connect with us
Kapilvast Forest

पेट्रोलियम पदार्थ उत्खनन गर्न दुई वर्ष समय थप

२०७९, १६ जेष्ठ सोमबारमा प्रकाशित

दैलेख – दैलेखमा पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खनन गर्न दुई वर्ष समय थपिएको छ । जिल्लाको ज्वाला क्षेत्रमा जारी अन्वेषण तथा उत्खननका लागि समय थपिएको हो । पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि सन् २०२२ फेबु्रअरी २८ सकिएपछि २०७८ चैत १४ गते बसेको मन्त्रिपरिषद्को बैठकले दैलेखमा रहेको पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननका लागि दुई वर्ष समय थप गरेको खानी तथा भूगर्भ विभागका भूगर्भविद् डा. गणेशनाथ त्रिपाठीले बताए ।

कोभिड महामाहारीका कारण बन्द भएको काम चिनियाँ टोली नेपाल आउनासाथ पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननअन्तर्गत दोस्रो चरणको काम शुरू हुने उनले बताए । ‘कोभिड महामारीका बेलादेखि नेपाल र चीनबीच सीधा हवाई सेवा सञ्चालन हुन सकेको थिएन,’ उनले भने, ‘अब चिनियाँ टोली नेपाल आउन तयार छ ।’

सदियौंदेखि पानीमाथि आगो बल्दै आएको ज्वाला क्षेत्रको नाभिस्थान, श्रीस्थान, कोटिला, तल्लो डुंगेश्वर, पादुकालगायत क्षेत्रलाई आधार बनाएर पेट्रोलियम पदार्थ अन्वेषणका लागि नेपाल सरकार र चीन सरकारको जिओलोजिकल सर्भे कम्पनीबीच सन् २०१९ फेबु्रअरी २८ मा सम्झौता भएको थियो । पेट्रोलियम पदार्थ अन्वेषणका लागि तीनओटा पूर्वपश्चिम र सातओटा उत्तर दक्षिण दिशामा खनिएका १० सिस्मिक लाइनमा सर्भे कार्य सकिएपछि अन्वेषणका लागि गरिने मुख्य ड्रिलिङको काम शुरू गर्ने भनिए पनि कोरोनाका कारण काम प्रभावित बनेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu