Connect with us
Kapilvast Forest

२५ वर्षे अनुभवी पाइलट थिए घिमिरे

२०७९, १६ जेष्ठ सोमबारमा प्रकाशित

 

काठमाडौं-पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान बेपत्ता भएको २० घन्टा बित्दा पनि विमानको बारेमा कुनै पत्तो लागेको छैन। सो विमान मुस्ताङको मानापाथी हिमाल वरपर दुर्घटना भएको आशंका गरिए पनि विमानको बारेमा अहिलेसम्म कुनै आधिकारिक जानकारी आएको छैन।

 

लामो समयदेखि विमान चलाउँदै आएका क्याप्टेन प्रभाकर घिमिरेले बिहान ९: ५५ बजे विमान पोखराबाट जोमसोमको लागि विमान उडाएका थिए । २५ वर्षदेखि विमान उडाउँदै आउनुभएका घिमिरे सहितको टोलीको अवस्था यो समाचार तयार पारुञ्जेल अज्ञात रहेको छ। क्याप्टेन घिमिरेसहित कोपाइलट उत्सव पोखरेल र एयरहोस्टेज क्रिस्मी थापा रहेका थिए। उनीसँगै थिए २५ वर्षे कोपाइलट उत्सव पोख्रेलले उडान भरेका थिए । रुकुम पश्चिम चौरजहारी नगरपालिकाका पोख्रेल फिलिपिन्सबाट अध्ययन सकेर नेपाल आएका हुन् । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu