Connect with us
Kapilvast Forest

तौलिहवाको भिक्षु चोकमा नमुना चौमुखे गेटको निर्माण सुरु

२०७९, १८ जेष्ठ बुधबारमा प्रकाशित

 

कपिलवस्तु-तौलिहवाको भिक्षु चोकमा नमुना चौमुखे गेटको निर्माण कार्य सुरु भएको छ। ४ महिनाअघि हुलाकी बाटो बिस्तारको क्रममा तौलिहवास्थित प्रशासन चोक नजिकै रहेको विस २०१४ सालमा निर्मित महेन्द्र गेट भत्काइए पछि यो गेटको निर्माण सुरु भएको हो।

गेट निर्माणका लागि ४ वटा मध्ये ३ वटा पिलर खडा गर्न खाल्टो खनेर निर्माण कार्य थालिएको नगरपालिकाका इन्जीनियर राजेश सैनीले बताए। चार कुनामा चार वटा पिलर भएको सेमी सरकुलर मोडेलको गेट निर्माण थालिएको हो।

करिब ८३ लाख लागतको नुमना गेटको निर्माणकालागि एमके मंगलदीप जेभी काठमाडाैंसंग निर्माणका लागि सम्झौता भई निर्माण कार्य केही ढिलो गरी सुरु भएको हो। हुलाकी बाटो निर्माणका क्रममा ऐतिहासिक महेन्द्र गेट भत्काउने कुरा थाहा पाएपछि नगरपालिकाले २ वर्षदेखि नै भिक्षुचोकमा नमुना गेट निर्माणका लागि प्रकृया थालेको थियो।

गेटको उचाई साढे ४ मिटर देखि ९ मिटरसम्म हुने नगरपालिकाका इन्जीनियर राजेश सैनीले बताए। डिजाई बुल्ड मेथडमा गेटको भित्र-भित्र स्पाम साढे २८ मिटरको हुनेछ। गेटमा दिशा र ठाउँ देखाउने एलआइडी प्यानल समेत हुनेछ। चारैतिर कम्योजीट प्यानल र ट्रस्टको कम्पोजिशनमा गेट निर्माण हुने ईन्जीनीयर सैनीले बताए। गेट २०७९साउन ९ गते निर्माण संपन्न हुने योजना छ।

तर ढिलो गरी सुरु भएकाले सयममा काम नसकिने देखिएको छ। मेयर सुदीप पाैडेलले नमुना गेट निर्मााण भएपछि तौलिहवा बजारको समते चिनारीफेरिने बताए। ‘ चौमुखे नमुना गेट निर्माणले बुद्धनगरी तौलिहवा बजारको मुहार र चिनारी समेत फेरिेनछ ’ उनले भने। नम्बर ३ का अध्यक्ष प्रकाश गैरले सुन्दर र नमुना गेटले तौलिहवा बजारको शान र सुन्दरता थप्ने बताए। ‘निर्माण हुने गेट अब तौलिहवा बजार कै शानको रुपमा रहनेछ ’ उनले भने। ठकेदार कम्पनीलाई समय मै काम सम्पन्न गर्न कडा निर्देशन दिइएको मेयर पौडेलले बताए।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu