Connect with us
Kapilvast Forest

चोरी आरोपीले दिए प्रधानाध्यापकलाई ज्यान मार्ने धम्की

२०७९, २२ जेष्ठ आईतवारमा प्रकाशित

 काठमाडौं- पर्साको सखुवाटी निरा प्राथमिक विद्यालयको ल्यापटप चोरी आरोप लागेका व्यक्तिले चोरी स्वीकार गर्दै प्रधानाध्यापकलाई ज्यान मार्ने धम्की दिएका छन् ।चोरी गरेको ल्यापटप भारतीय नाका भिस्वामा बिक्री गर्दै गरेको अवस्थामा ठोरी गाउँपालिका–५ का बिट्टु यादव पक्राउ परेका छन् । शनिबार राति विद्यालयको एक थान ल्यापटप, एक थान प्रोजेक्टर चोरी गरेको आरोप उनलाई थियो । उनलाई आशंका गरी फोन गर्दा समान आफूले लगेको र आप्mनो आमालाई नपक्रन धम्की दिएको विद्यालयका प्रधानाध्यापक अमित श्रेष्ठले बताए ।

 

प्रधानाध्यापक श्रेष्ठले भने ‘मैले उनलाई फोन गर्दा सामान मैले लगेको छु । मेरो आमालाई नपक्रिनु । यदि पक्रिनु भयो भने चार दिनभित्र शरीर र टाउको छुट्टाछुट्टै पारिदिन्छु भनेर धम्क्याएका थिए । असई सरलाई पनि त्यही धम्की दिएको रहेछ ।’

उनी लगायत अन्य चार जना युवा पनि चोरीमा संलग्न भएको आशंकामा पक्राउ परेका छन् । चोरी भएको प्रोजेक्टर भने नभेटिएको प्रधानाध्यापक श्रेष्ठले बताए । विद्यालयको पानी तान्ने मोटर र धाराहरु तोडफोड भएको छ ।

त्यस्तै पर्साकै अर्को श्री माध्यमिक विद्यालयमा पनि तोडफोड भएको छ । विद्यालयका प्रधानाध्यापक नारायण लामाले ६ वटा कोठाको ताला फुटाएर भित्र रहेको सामान फुटाएको, च्यातिएको पाइएको बताए ।

प्रधानाध्यापक लामाका अनुसार विज्ञान प्रयोगशालाको समानहरु फुटाएको, कुर्सीहरु भाँचेको र कागजातहरु च्यातेर फालेको पाइएको छ । प्रधानाध्यापक लामाले भने, ‘यो बदमास केटाहरुले गरेको बदमासी जस्तो देखिन्छ । केही पनि सामान हराएको छैन । फुटाउने, च्यात्ने र भाँच्ने गरिएको छ ।’ प्रहरीले तोडफोडमा संलग्न व्यक्तिको खोजबिन सुरु गरेको छ ।

विद्यालयमा अहिले कक्षा १२ को परीक्षा पनि सञ्चालन भइरहेको छ । परीक्षामा १६४ जना विद्यार्थी परीक्षामा सहभागी भइरहेको प्रधानाध्यापक लामाले जानकारी दिए । कक्षा १२ को परीक्षाको कारण पठनपाठन भने बन्द भएको छ ।

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu