Connect with us
Kapilvast Forest

उपसभामुख पद खारेज गर्न कांग्रेस सांसद सिंहको माग

२०७९, २५ जेष्ठ बुधबारमा प्रकाशित

 

काठमाडौँ – नेपाली कांग्रेसका सांसद डा.अमरेशकुमार सिंहले उपसभामुख पद आवश्यक नभए खारेज गर्न माग गरेका छन् ।बुधबार प्रतिनिधिसभामा शून्य समयमा बोल्दै सिंहले लामो समयदेखि उपसभामुख पद नहुँदा पनि संसद् चलेकाले यदि त्यो पद आवश्यक नभए खारेज गर्न उनले माग गरे ।

‘यदि उपसभामुख राख्दा राज्यको धेरै खर्च हुन्छ भने त्यो पद किन राख्नू,’ उनले भने । सिंहले राज्य व्यवस्था समितिका सभापति पद पनि खाली भएकाले तुरुन्त सो पदमा नियुक्त गर्न माग गरेका छन् ।

यस्तै, उनले सर्लाहीको बरहथवा नगरपालिका–१ मा बागमती नदीले अत्यधिक कटान गरिएकाले यदि समयमै तटबन्ध नगरिए हजारौं नागरिक विस्थापित हुन सक्ने भन्दै उनले तटबन्ध गर्न सरकारसँग माग गरे ।

 

 

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu