Connect with us
Kapilvast Forest

काठमाडौकाे शुक्रराज अस्पतालमा हैजाका बिरामी भेटिए

२०७९, ७ असार मंगलवारमा प्रकाशित

काठमाडौं- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा थप दुई जनामा हैजा पुष्टि भएको छ।

आइतबार हैजाको आशंकमा अस्पतालमा भर्ना भएका तीन जना मध्ये दुई जनामा हैजा पुष्टि भएको अस्पतालका सूचना अधिकृत नवराज गौतमले जानकारी दिनुभयो।

उहाँहरुलाई हैजा भए नभएको पुष्टि गर्न दिसाको कल्चर गर्दा हैजा पुष्टि भएको गौतमले जानकारी दिनुभयो। गत आइतबार अस्पतालमा भर्ना भएका वगबजारका दुई दिदी बहिनीमा हैजा पुष्टि भएको थियो।

चार जना बिरामीमध्ये एक जना डिस्चार्ज हुनुभएको छ। गौतमका अनुसार तीन जना हैजाका बिरामीको स्वास्थ्य सामान्य छ।

अस्पतालमा दैनिक १० जना बिरामी झाझापखाला लागेर आउने गरेको गौतम बताउनुहुन्छ। प्रदूषित पानी र खानाका कारण गर्मी महिनामा झाडापखालाका कारण हैजाका बिरामी बढ्दै गएकोले सचेत रहन चिकित्सकको सुझाव छ

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu