Connect with us
Kapilvast Forest

सीको भ्रमणबाट दुई देशको सम्बन्धले नयाँ उचाइ र गतिशिलता पायो : प्रधानमन्त्री

२०७६, २६ आश्विन आईतवारमा प्रकाशित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्तरी छिमेकी चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण भव्य रूपमा सफल भएको बताएका छन्।

आइतबार दिउँसो राष्ट्रपति सीलाई त्रिभुवन विमानस्थलमा विदाइ गरेलगत्तै सामाजिक सञ्जाल ट्वीटरमा प्रधानमन्त्री ओलीले लेखेका छन्- मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रूपमा सम्पन्न भएको छ। उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाई र गतिशीलता प्राप्त गरेको छ।

प्रधानमन्त्री ओलीले नेपाल भ्रमण गरी नेपाल र नेपाली जनताप्रति देखाउनु भएको सद्भाव र सदिच्छाका लागि सीप्रति आभार व्यक्त गरेका छन्।

‘भ्रमणलाई अभूतपूर्व रुपमा सफल पार्न लागि पर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु,’ प्रधानमन्त्रीले भनेका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu