Connect with us
Kapilvast Forest

साैराहामा देखियाे पर्यटकको उत्साह

२०७९, २३ भाद्र बिहीबारमा प्रकाशित

sauraha

भरतपुर- चितवनको सौराहामा कोभिडले शिथिल पारेको पर्यटन व्यवसाय पुनः लयमा फर्किन लागेको छ। लामो समयदेखि कोभिड‍-१९ को मारमा परेका पर्यटन व्यवसायी चाडपर्व नजिकिएसँगै पर्यटकको आगमन बढ्ने आशमा छन्। उनीहरूले धमाधम चाडपर्व लक्षित छुट ‘प्याकेज’ घोषणा गरिरहेका छन्।

पछिल्लो समय आन्तरिक पर्यटकसँगै फाट्टफुट्ट विदेशी पर्यटकसमेत आउन थालेकाले यहाँको पर्यटनमा केही उत्साह थपिएको क्षेत्रीय होटल सङ्घ नेपाल सौराहाका अध्यक्ष दीपक भट्टराई बताए। सौराहाको पर्यटन व्यवसाय केही समययता तङ्ग्रिन थालेको र होटल, पव, रेष्टुरेन्टमा अचेल आन्तरिक पर्यटक झुम्न थालेका उनको भनाइ छ।

चाडपर्व नजिकिएसँगै आन्तरिक तथा बाह्य पर्यटकले होटलबारे सोध्न थालेका र पर्यटक आउन सुरु भएकाले व्यवसायी उत्साही देखिएको अध्यक्ष भट्टराईले जानकारी दिए।

‘कोरोना महामारीले चितवनको मात्रै होइन, नेपालकै पर्यटन क्षेत्र प्रभावित बन्यो’ उनले भने, ‘करिब दुई वर्ष हामीले होटल तालाबन्दी गरेर बस्नुपर्ने अवस्था आयो, अब अहिले विस्तारै होटल सञ्चालन गर्दै आएका छौँ।’

अहिले सौराहाका होटल पूर्णरूपमा सञ्चालनमा आएका जनाउँदै उनले विदेशी पर्यटक फाट्टफुट्ट मात्र देखिएको बताए।

पर्यटकको आगमन बढ्न थालेपछि देशमा चुनाव भएकाले पनि त्यसको असर र बर्खाका कारणले घटेका पर्यटक फेरि थपिन सुरु भएको छ।

सौराहामा कोभिडको बेला सुरु भएको छुटको अभियान अहिले पनि होटलको स्तर हेरेर २० देखि ४० प्रतिशतसम्म रहेको छ।

सौराहामा गुड फ्राइडे भनेर आउनेमध्ये बढीमात्रामा युवाहरूको संख्या धेरै छ। निकुञ्जमा दुर्लभ एकसिङ्गे गैँडा, बाघ, घडियाल गोहीलगायत वन्यजन्तु, वनस्पति, चरा, पुतली अवलोकन गर्नको सङ्ख्या पनि उत्तिकै छ। निकुञ्ज र आसपासका मध्यवर्ती सामुदायिक वनमा पर्यटकले हात्ती, जीप, पैदल सफारी गर्नका लागिसमेत आकर्षित हुने गरेका छन्।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu