Connect with us
Kapilvast Forest

गृह सचिवमा बालुवाटारले रुचाएका विनोदप्रकाश

२०७९, २८ भाद्र मंगलवारमा प्रकाशित

काठमाडौं- सरकारले निर्वाचनको संघारमा गृह मन्त्रालयको सचिव हेरफेर गरेको छ । गृह सचिव टेकनारायण पाण्डेलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको छ भने गृहमा प्रदेश १ का प्रमुख सचिव विनोदप्रकाश सिंहलाई ल्याइएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणले पाण्डेकै निरन्तरता चाहेका थिए । तर बालुवाटारको जोडबलमा विनोदप्रकाशलाई गृह सचिवमा ल्याइएको मन्त्रालय स्रोतले बताएको छ ।

सिंह ६ असारमा मात्र सचिवमा बढुवा भएका थिए । उनले लामो समय गृह प्रशासनमै काम गरेको र सुदूरपश्चिमको भएकाले गृहमा ल्याइएको स्रोतको दाबी छ।

पाण्डेले साउन २०७८ देखि गृह मन्त्रालयमा सचिव थिए । तत्कालिन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रहेका पाण्डेलाई खाँणले गृहमा ल्याएका थिए ।

सोमबारकै मन्त्रिपरिषद् बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायलाई वाणिज्य तथा आपूर्ति मन्त्रालयमा सरुवा गरेको छ । आपूर्ति मन्त्रालयका गणेश पाण्डे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सरुवा भएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव रामप्रसाद घिमिरेलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको एक सचिवले जानकारी दिएका छन् । मंगलबार सरकार प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले मन्त्रिपरिषद्को निर्णयको बारेमा पत्रकार सम्मेलनबाट जानकारी दिए पनि सचिव सरुवाको विषयमा भने बाहिर ल्याएनन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu