कपिलवस्तुका ३५३४ जनालाई जरिवाना, १९ जनाले मात्र बुझाए खर्च विवरण
सनिउल्ला धोबी,
कपिलवस्तु-कपिलवस्तुका ३ हजार ५ सय ३४ जना उम्मेदवारहरुले निर्वाचन आयोग कपिलवस्तुलाई जरिवाना तिर्न आयोगले सुचना जारी गरेको छ । गत स्थानीय तहको निर्वाचनमा उम्मेदवारहरूले खर्चको विवरण निर्वाचन आयोगको कार्यालयमा पेस नगर्दा जरिवानामा परेको निर्वाचन आयोग कपिलवस्तुको सुचना अधिकारी अनिता क्षेत्रीले बताउनुभयो ।
कपिलवस्तुमा ३ हजार ५ सय ५३ उम्मेदवार मध्ये १९ जनाले मात्र खर्चको विवरण बुझाएको सुचना अधिकारी क्षेत्रीले बताउनुभयो । निर्वाचनको मतगणना सकिएको ३० दिन भित्र निर्वाचन आयोगमा खर्च विवरण बुझाउनु पर्ने नियम रहेका छ । त्यस अवधिभित्र विवरण नबुझाउनेहरूलाई आयोगले कारबाही गरेको निर्वाचन आयोगले जनाएको छ ।
समय सिमा भित्र खर्च विवरण बुझाएका कपिलवस्तुका नगरपालिकाका सुदिप पौडेल, रविन्द्र प्रसाद तिवारी, सुनिता बनियाँ, सिमा पासी, महेन्द्र प्रसाद कुर्माी, रामरक्षा यादव, राम गोपाल यादव रहेका छन । त्यस्तै बाणंगंगा नगरपालिकाको खुना विक, सरस्वती थारु, राम शंकर थारु, गंगाराम थारु, छेदे थारु रहेका छन । बुद्धभुमी नगरपालिकाका केशब कुमार श्रेष्ठ, पिताम्बर खनालले पनि खर्च विवरण बुझाएका छन ।
जिल्लाको शिवराज नगरपालिकाका महादेव पोख्रेल, शिव कुमार चौधरी, कृष्ण कुमार चौधरी, महेताब आलम खाँ र शुद्धोधन गाँउपालिकाको शिव सुन्दर जयसवालले खर्च विवरण समयमा बुझाएको निर्वाचन आयोगले जनाएको छ ।
निर्वाचन आयोगले गत भदौ १ गते देखी ७ सम्म स्पष्टीकरण सहित खर्च विवरण बुझाउन समयसिमा तोकेको थियो । उक्त समयअवधीमा १ हजार ५ सय ८४ जनाले स्पष्टीकरण सहित खर्च विवरण बुझाएका थिए । निर्वाचन आयोगले स्पष्टीकरण चित्तबुभm्दो नभएको भन्दा १५८४ जनालाई पनि जरिवाना तिर्न पर्ने लिष्टमा राखेको छ ।
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह, वाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणि अर्याल, महाराजगन्ज नगरपालिकाका प्रमुख अब्दुल कलाम, शिवराज नगरपालिकाका प्रमुख अजय थापालाई ४ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
नगरपालिका मध्ये बुद्धभुमि नगरपालिकाका प्रमुख केशव कुमार श्रेष्ठ र कपिलवस्तु नगरपालिकाका प्रमुख सुदिप पौडेलले खर्चको विवरण निर्वाचनमा आयोगमा पेस गरेको बताइएको छ । नगरपालिकाको वडाअध्यक्ष र वडा सदस्य पदको उम्मेदवारको हकमा २ लाख जारिवान तोकिएको छ ।
मायादेवी गाउँपालिकाका वलिउद्धीन मुसलमान,यशोधरा गाउँपालिकाका अध्यक्ष शिवदयाल तिवारी,विजयनगर गाउँपालिकाका अध्यक्ष गोपाल बहादुर थापा, शुदधोन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीलाई ३ लाख ५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।
६ महिनाभित्र जरिवाना तिर्नुपर्ने छ र सो समयभित्र जरिवाना नतिरे उनीहरूको पद जाने निर्वाचन आयोगले जनाएको छ । गाँउपालिकाको वडाअध्यक्ष र वडा सदस्य पदको उम्मेदवारको हकमा १ लाख ५० हजार जारिवाना तोकिएको छ । निर्वाचन आयोग ऐन दफा २६ को उपदफा १ अनुसार नेपालभर १ लाख २३ हजार ६ सय २४ उम्मेदवारलाई कारबाही गर्ने निर्णय आयोगको छ ।