Connect with us
Kapilvast Forest

बलेरो जिपसंग ठोकिदा माेटरसाइकल चालकको मृत्यु

२०७९, ८ आश्विन शनिबारमा प्रकाशित

कपिलवस्तु- पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका-१ मा शनिबार बिहान पिकअप बलेरो जिप र मोटरसाइकल आपसमा ठोकिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको बा.प्र.०१-०२५ च ९२४४ नम्बरको जिप र विपरीत दिशाबाट आइरहेको लु५७प ५८०३ नम्बरको मोटरसाइल ठोक्किएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।

दुर्घटनामा बाइक चालक अन्दाजी ४५ वर्षका चन्द्रमणि ज्ञवालीको उपचारका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको वडा प्रहरी कार्यालय प्रमुख कपिल शाहीले जानकारी दिनुभयाे । बलेरो र चालक प्रहरी नियन्त्रण रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu