Connect with us
Kapilvast Forest

प्रधानमन्त्री कार्यालयलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

२०७९, १ कार्तिक मंगलवारमा प्रकाशित

election

काठमाडौं – निर्वाचनको मिति घोषणा भइसकेपछि समेत दीर्घकालीन महत्व र दूरगामी प्रकृतिको निर्णय गरेको भन्दै निर्वाचन आयोगले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई स्पष्टीकरण सोधेको छ ।

निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा समेत सरकारले दूरगामी प्रकृतिका निर्णय गरेको सूचना आएको भन्दै आयोगले स्पष्टीकरण सोधेको हो ।

‘आयोगले स्पष्टिकरण सोध्ने निर्णय गरिसकेको छ, पत्र तयार हुँदैछ, आजै जान्छ’ निर्वाचन आयोग स्रोतले भन्यो, ‘सरकारले एकपछि अर्को दीर्घकालीन महत्वको निर्णय गर्‍यो अनि कतिपय निर्णय समेत लुकायो भन्ने सूचना आएपछि स्पष्टीकरण सोधिएको हो ।’

निर्वाचन आयोगले नयाँ स्टक एक्सचेञ्ज स्थापनाका लागि अनुमति दिने, नेपाल स्टक एक्सचेञ्जमा नयाँ ब्रोकरलाई अनुमति दिने, प्रदेश तहमा लघुबीमा कम्पनीहरुलाई अनुमतिपत्र दिने लगायतका निर्णय गरेको थियो ।

त्यसैगरी कुनै क्षेत्र वा भेगका मतदातालाई प्रभावित पार्नेगरी अरु निर्णय समेत भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले पठाउने जवाफका आधारमा आयोगले थप निर्णय गर्नेछ ।

निर्वाचन आयोगले यसअघि नै निर्वाचनको मिति र आचारसंहिता जारी भएपछि दीर्घकालीन प्रकृतिका निर्णय र अन्य नीतिगत निर्णय नगर्न सरकारको ध्यानाकर्षण गराइसकेको थियो ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu