Connect with us
Kapilvast Forest

प्रेमप्रसादको परिवार भेट्न अस्पताल पुगे गृहमन्त्री लामिछाने

२०७९, ११ माघ बुधबारमा प्रकाशित

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंको नयाँ बानेश्वरमा आफैंमाथि आगो लगाएर उपचारका क्रममा मृत्यु भएका इलामका प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेका छन्।
बुधबार दिउँसो गृहमन्त्री लामिछाने कीर्तिपुर अस्पताल पुगेर आचार्यका परिवारसँग भेट गर्नुभयो ।

आचार्यले मंगलबार दिउँसो नयाँ बानेश्वरस्थित संसद भवन अगाडि सडकमा आफैंमाथि आगो लगाएका थिए। उनको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको थियो। उनको मृत्युपछि गृहमन्त्री लामिछानेले बुधबार बिहान सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली ब्याक्त गरेका हुन्।

यस्तै परिस्थितिका कारण शान्त विद्रोह गरेर हामी हिजो भर्खर राजनीतिमा र आज भर्खर सरकारमा सामेल छौं। मलाई थाहा छ आत्मदाहको निर्णय हिजोदेखिको निराशा र पीडाको परिणाम हो।

दु:ख त मलाई यसमा लागेको छ कि हामीजस्ता नयाँहरूको आगमनले समेत तपाईंमा उत्साह थप्न सकेन आशा जगाउन सकेन आत्मदाहको निर्णय फेर्न सकेन उनले लेखेका छन्। उनले आचार्यको मृत्युको दोषी आफूहरू भएको बताउनु भयो।

यसमा हामी दोषी छौं म दोषी छु। प्रेम आचार्यजी नयाँ राजनीतिक दल र नेताको रूपमा तपाईंमा आशा जगाउन सकेनौं हामीलाई माफ गर्नुहोला। तपाईंको आत्माले चीर शान्ति पाओस् परिवारलाई यो पीडा सहने शक्ति मिलोस् उनको स्टाटसमा उल्लेख छ।

फोटो फिचर

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu