Connect with us
Kapilvast Forest

पैसाको अभावमा उपचारबाट वञ्चित नहुने कार्यविधि बनाइरहेका छौं

२०७९, १३ माघ शुक्रबारमा प्रकाशित

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले अबदेखि पैसाको अभावमा कसैले पनि उपचारबाट वञ्चित हुन नपर्ने बताएकी छिन् । शुक्रबार स्वास्थ्य पत्रकार मञ्चले आयोजना गरेको परिचयात्मक कार्यक्रममा बोल्दै डा. कार्कीले संविधानले नै आकस्मिक स्वास्थ्य उपचारमा कुनै पनि नागरिक वञ्चित गर्न नहुने सुनिश्चता गरेको भए पनि लागू हुन नसकेको बताइन् । तर, स्वास्थ्यलाई मौलिक हकको रुपमा सुनिश्चित गर्नका लागि थप रणनीति र कार्यविधि बनाउन लागेको उनको भनाई छ ।

‘आजसम्म आकस्मिक सेवा सुनिश्चित भइनसकेको छैन । त्यसलाई सुनिश्चित गर्नका लागि आपतकालिन तथा आकस्मिक स्वास्थ्य सेवाका रणनीति कार्यविधि बनाउँदै छौं,’ डा. कार्कीले भनिन्, ‘अस्पतालले पहिला आकस्मिक सेवामा उपचार प्रक्रिया अगाडी बढाउनुपर्ने र त्यसपछि कुन-कुन प्रक्रिया अगाडी बढाउने भन्ने बिषयमा हामीले अभ्यास गरिरहेका छौं ।’

अस्पताललले स्वास्थ्य सेवा लिँदा फर्म भराउने अनि मात्रै उपचार गर्ने प्रक्रिया रहेको भन्दै त्यसलाई अन्त्य गरिने गर्नका लागि प्रतिबद्ध रहेको मन्त्री कार्कीले बताइन् ।

त्यसैगरी,स्वास्थ राज्यमन्त्री कार्कीले मन्त्रालयले अब गर्ने कार्ययोजना बारे पनि सुनाइन् । गुणस्तरीय स्वास्थ्य आम मानिसमा कसरी पुर्‍याउने भनी कार्ययोजना बनाइरहेको बताइन् ।

त्यस्तै, एकीकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने, शिशु तथा मात्तृमृत्युदर कम गर्न सरकारले लिएको दिगो विकास लक्ष्य सफल बनाउन अभ्यास गरिरहेको उनले बताइन् ।

‘आकस्मिक सेवालाई चुस्त बनाउनका लागि एकीकृत एम्बुलेन्स स्थायी योजनालाई अगाडी बढाएका छौं । देशभर सञ्चालनमा आएका सरकारी र सामुदायिक संस्थायी योजनालाई अगाडी बढाएका छौं । देशभर सञ्चालनमा आएका सरकारी र सामुदायिक संघसंस्थाले सञ्चालनमा ल्याएका एम्बुलेन्सलाई सेन्टल पुलमा समेट्छौं,’ उनले भनिन्, ‘कुनै पनि ठाउँमा एम्बुलेन्सको आवश्यक परेमा हटलाइन डायल गर्ने बित्तिकै एम्बुलेन्स सेवा सहज रुपमा लिन सकिने छ ।’

साथै, स्वास्थ्यमा बजेट कम भएकाले त्यसलाई बढाउनका लागि प्रयास गर्ने कार्कीले बताइन् । डा. गोविन्द केसीले उठाएका मागहरु सडकबाट पनि उठाएको र सदनबाट पनि मागलाई सम्बोधन गर्ने उनले बताइन् ।

Advertisement
Advertisement Banganga
Advertisement Siddhartha Education Consultancy Chandrauta Kapilvastu Sadak Division Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu Shivaraj Chandrauta Kapilvastu